Sajhakura Dainik - अनुष्ठानबाट २ करोड १० लाख
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

अनुष्ठानबाट २ करोड १० लाख


अर्थ / व्यापार 125 पटक पढिएको




हेटौंडा÷मानवसेवा आश्रमले गत फागुन १२ गतेदेखि २० गतेसम्म आयोजना गरेको मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठानको कूल आम्दानी २ करोड १० लाख ७१ हजार ६ सय ३१ रुपैया“ रहेको मूल आयोजक समितिले जानकारी दिएको छ ।

 सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले आय व्यय विवरण सार्वजनिक गरेको हो ।

विवरणअनुसार कूल आम्दानीको २३ प्रतिशत खर्च भएको देखिएको छ । आश्रमले केन्द्रिय अक्षयकोषको सुरुवात साथै अधुरो रहेको निर्माणाधिन भवनको पूर्णताका लागि अनुष्ठानको आयोजना गरेको थियो । विवरणमा उल्लेखभए अनुसार ३१ लाख ५४ हजार २ सय १९ रुपैंया विभिन्न शिर्षकमा भएको खर्चको भुक्तानी गरिएको छ । त्यसैगरी १६ लाख ७६ हजार १ सय १५ रुपैंयाको घडा खरिद गरिएको छ । घडा खरिद गरिएको रकम र खर्चमा भुक्तानी गरिएको रकमलाई हेर्ने हो भने कुल संकलन भएको भनिएको रकमको करिब २३ प्रतिशत खर्च भएको देखिन्छ । त्यसो त केही खर्च रकम भुक्तानी गर्न बाँकी रहेको आयोजकले जनाएको छ तर एकिन तथ्याङ्क भने सार्वजनिक गरिएको छैन ।

अनुष्ठानबाट दाताहरुले बोलेकोे तर उठ्न बाँकी रकम ७३ लाख ७८ हजार रहेको मूल आयोजक समितिका सचिव प्रकाश पौडेलले जानकारी दिए । उठ्नबाँकी रकम पनि कूल ३५ प्रतिशत देखिएको छ । अनुष्ठानको खर्च र उठ्नबाँकी रकमलाई हेर्दा कुल संकलन भएको भनिएको रकमको ४२ प्रतिशत मात्रै आश्रमको खातामा जम्मा भएको देखिन्छ । आश्रमले भने १ करोड ६२ लाख ४१ हजार २ सय ९७ रुपैंया बचत भएको हिसाव सार्वजनिक गरेको छ।

सचिव पौडेलका अनुसार एसिएन पेन्ट्सलगाएत केही सिमेन्ट उद्योग, केही दाताहरु र स्थानीय तहले पैसा दिन बाँकी छ । २०६९ सालमा हेटौंडामा स्थापना भएको आश्रममा अहिले ७ सय सहयोगापेक्षी मावनहरुले सेवा लिइरहेको आश्रमले जानकारी दिएको छ । आश्रमका शाखाहरु देशभर १४ वटा रहेका छन् । अनुष्ठानको मूल आयोजक समितिमा पुरण बहादुर जोशी, सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा तारा प्रसाद लामिछाने थिए । अनुष्ठानका लागि ७१ सदस्यीय समिति तयार पारिएको थियो ।





कमेन्टसहरु




2584374 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top