Sajhakura Dainik - अब सूचीकृत नभएको बीउ बिक्री गरे कारबाही
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

अब सूचीकृत नभएको बीउ बिक्री गरे कारबाही


अर्थ / व्यापार 11 पटक पढिएको




हेटौंडा, ७ वैशाख÷ अबैध रुपमा कुनै पनि कृषिजन्य बिउ बिक्री वितरण रोक्न प्रदेश सरकारले कडाई गर्ने भएको छ । प्रदेश ३ सरकारले सूचीकृत नभएको बीउ बिजन बिक्री गरे वा गराएमा जरिवाना गर्ने गरी विधेयक ल्याउने लागेको छ ।


प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश सभामा पेस गरेको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा जरिवाना प्रस्ताव गरिएको हो । प्रस्तावित विधेयकको दफा १२ को १ मा कुनै ब्यक्ति वा संस्थाले बीउ बिजनको बिक्री वितरणसम्बन्धी कारोवार गर्न अनुमति लिनुपर्ने र अनुमति नलिई बीउ बिजन बिक्री वितरण गरेमा बीउ बिजन निरीक्षकले जफत गर्ने व्यवस्था गरिएको छ। 

सूचीकृत बीउ बिजन बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले आफूले बिक्री वितरण गर्ने बीउको भाँडोमा बीउ बिजनको किसिम र जात, तोकिएको न्यूनतम गुणस्तरको हद, रासायनिक पदार्थ प्रयोग गरी उपचार गरिएको भए सोको विवरणलगायतका कुरा उल्लेख गर्नुपर्ने विधेयकको दफा १५ मा व्यवस्था छ । 

बीउ बिजनको न्यूनतम गुणस्तरको हद तोक्ने, बीउ विजन परीक्षण प्रयोगशाला स्थापना गर्ने, प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको स्थापना गर्ने र प्रदेश बीउ बिजन व्यवस्थापन समिति गठन गर्ने गरी विधेयक प्रस्ताव गरिएको छ । प्रदेश बीउ बिजन व्यवस्थापन समिति प्रदेशको कृषि सम्बन्धी हेर्ने मन्त्रालयका सचिवको अध्यक्षतामा कृषि विकास निर्देशनालयका प्रमुख, वरिष्ठ वैज्ञानिक, राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, बीज विशेषज्ञलगायतका सदस्य रहने गरी गठन गरिने छ ।

नेपालमा परम्परादेखि नै प्रयोग गरिदै आएको स्थानीय जातको बीउ बिजनमा तोकिए बमोजिम स्वामित्व कायम रहने प्रस्तावित विधेयकमा भनिएको छ ।





कमेन्टसहरु




2584300 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top