Sajhakura Dainik - पुनर्निर्माणमा आठ अर्ब नौ करोड ६८ लाख रुपियाँ खर्च
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

पुनर्निर्माणमा आठ अर्ब नौ करोड ६८ लाख रुपियाँ खर्च


अर्थ / व्यापार 127 पटक पढिएको




हेटौंडा÷ मकवानपुरमा मात्र पुनर्निर्माणको क्षेत्रमा आठअर्ब नौकरोड ६८ लाख ८० हजार रुपियाँ खर्च भएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत्को जिल्ला आयोजना कार्यान्वयन इकार्इं मकवानपुरको आयोजनामा चौथो गोरखा भूकम्प स्मृति कार्यक्रमको सन्दर्भमा दिइएको जानकारी अनुसार उक्त रकम मकवानपुर जिल्लाको पुनर्निर्माणको क्षेत्रमा खर्च भएको हो ।

 उक्त रकम  सबैभन्दा बढी निजी आवास निर्माणको क्षेत्रमा खर्च गरिएको छ ।

निजी आवासका लागि अनुदान बितरणबाट पाँचअर्ब ७० करोड ५० हजार रुपियाँ खर्च भएको छ । ठूलो रकम खर्च भएपनि भूकम्पले ढलेका घर निर्माणमा भने प्रगती भएको छैन । बिभिन्न कारणबाट भूकम्प पीडित परिवार, जिल्ला आयोजना कार्यान्वयन इकार्इंलगायतका कारणबाट घर निर्माणको गति दु्रत गतिमा अगाडी बढ्न सकेको छैन । पुनर्निर्माण अन्तर्गत् विद्यालय निर्माणको क्षेत्रमा भने दुईअर्ब २९ करोड ८४ लाख ८० हजार रुपियाँ खर्च भएको छ । त्यसैगरी भवनबाट घरेलु तथा साना उद्योग कार्यालय निर्माणमा २ करोड २१ लाख रुपियाँ खर्च गरिएको जिल्ला आयोजना कार्यान्वयन इकार्इं मकवानपुरका इञ्जिनियर ललितकुमार चौधरीले बताए ।

त्यसैगरी पुनर्निर्माण अन्तर्गत् नै सडक निर्माणको क्षेत्रमा पनि छकरोड ६५ लाख ५० हजार रुपियाँ खर्च भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख भगवती पुडासैनीलगायले पुनर्निर्माणमा गति लिन नसकेको बताए ।





कमेन्टसहरु




2584318 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top