Sajhakura Dainik - राष्ट्रिय औद्योगिक मेलाबाट ६३ लाख आर्जन
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

राष्ट्रिय औद्योगिक मेलाबाट ६३ लाख आर्जन


अर्थ / व्यापार 127 पटक पढिएको


राष्ट्रिय औद्योगिक मेलाबाट ६३ लाख आर्जन


हेटौंडा÷गत फागुनमा हेटौंडाको क्याम्पाडाँडामा आयोजना गरिएको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट आयोजकले ६३ लाख रुपैयाँ बचत गरेको छ । मेला आयोजक मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण हिसाब सार्वजनिक गरेको हो ।

बचत भएको रकममध्येबाट संघले पल्पसा हलमा निर्माण हुँदै गरेको अतिथि सदन निर्माणका लागि ५८ लाख ४२ हजार ६ सय ३४ रुपैयाँ छुट्याएको छ । नियमिततर्फ संघलाई ४ लाख ५२ हजार ३ सय २८ रुपैयाँ नाफा भएको जनाइएको छ । मेलाबाट नियमिततर्फ ३२ लाख २७ हजार ६० रुपैयाँ र अतिथि सदन निर्माणतर्फ एक करोड ७ लाख ५ हजार ४ सय रुपैयाँ आम्दानी गरिएको संघ अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । संघले जम्मा एक करोड ४० लाख १३ हजार २ सय ६० रुपैयाँ  आम्दानी गरेकोमा ७७ लाख १८ हजार २ सय ९६ रुपैयाँ खर्च भएको जनाएको छ । अतिथि सदन निर्माणको लागि सहयोग संकलनकै लागि मेला आयोजना गरिएकोमा दाताबाट राम्रै सहयोग पाइएको संघका अध्यक्ष कटुवालले बताए । अतिथि सदन निर्माणको लागि दाताले नगद तथा विभिन्न निर्माण सामग्री सहयोग गरेको उनले बताए ।
संघले पल्पसा सभागृहसँगै १५ धुर जग्गामा ३२ कोठा र १ अत्याधुनिक सभाहलसहितको ५ तल्ले भवन निर्माणको लक्ष्यका साथ अघि बढेको छ । भवन २ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । भवन निर्माणको लागि करिब ५ करोड खर्च हुने र त्यसको लागि आर्थिक व्यवस्थापनको काम भइरहेको अध्यक्ष कटुवालले बताए । संघले गत फागुन १८ गतेदेखि २८ गतेसम्म मेला आयोजना गरेको थियो ।



कमेन्टसहरु




2584332 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top