Sajhakura Dainik - सिराहामा हेटौंडा च्याम्पियन
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
खेलकुद

सिराहामा हेटौंडा च्याम्पियन


खेलकुद 72 पटक पढिएको




हेटौंडा÷एफसी मुण्डियाल हेटौंडा प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगिता–२०७६ च्याम्पियन भएको छ ।

 मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै सिराहा जिल्लामा सम्पन्न प्रतियोगितामा सहभागी भएको मकवानपुरले घरेलु टोलीको चुनौती फाइनल खेलमा २–१ गोलअन्तरले पन्छाउ“दै उपाधिमा नाम लेखाएको हो । उपाधिस“गै मुण्डियालले नगद दुईलाख रुपैया“ हात पारेको छ । उपाधि भिड्न्तमा एफसी मुण्डियाले सल्लेस युवा क्लब सिराहाविरुद्ध पहिलो हाफ्मा अग्रता लिएको थियो । हेटौंडाको तर्फबाट पहिलो हाफ्को २५ औं मिनेटमा एण्डे«स्ट गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफ्मा घरेलु टोलीको तर्फबाट विदेशी खेलाडी ड्यानियल ६० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेल सकिन १२ मिनेट बा“कीहुदा“ च्याम्पियन हेटौंडाको तर्फबाट लक्ष्मण चौधरीले निर्णायक गोल गरे। प्रतियोगितामा मकवानपुरका कप्तान अमिर श्रेष्ठ उत्कृष्ट फरवार्ड, लक्ष्मण चौधरी उत्कृष्ट मिडफिल्ड घोषित भए । उनीहरुले नगद पा“च÷पा“चहजार रुपैया“ प्राप्त गरे । फाइनल खेलको म्यान अफ दी म्याच अनिश देउला घोषित भए । उनले पनि पा“हजार रुपैया“ प्राप्त गरे ।‘हामीले प्रतियोगिताको सुरुवात अलि सुस्तरुपमा गरेपनि खेलाडीको मेहेनतले उपाधि सम्भव भयो ।’, प्रशिक्षक सुविन घिमिरेले फाइनल खेलमा खेलाडीको प्रदर्शनबाट आफूहरु खुशी रहेको प्रतिक्रिया दिए । उनले फाइनलभन्दा पनि आफ्नो टोलीका लागि सेमिफाइनल खेलमा गाह्रो भएको बताए । हेटौंडाले पहिलो खेलमा बनरास योङ स्टार भारतलाई ३–०, दोस्रो खेलमा झापा ११ लाई सडनडेथमा ९–८ गोलअन्तरले पराजित गरेको थियो । कुनैपनि आधिकारीक प्रतियोगितामा एफसी मुण्डियाल सहभागी भएको यो पहिलो हो । ‘पहिलो सहभागितामा उपाधि जित्दा खुशी छु ।’ प्रशिक्षक घिमिरेले भने ।






कमेन्टसहरु




2584295 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top