Sajhakura Dainik - जिल्ला फुटबल संघमा विवाद
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
खेलकुद

जिल्ला फुटबल संघमा विवाद


खेलकुद 41 पटक पढिएको




हेटौंडा÷ मकवानपुर जिल्ला फुटबल संघमा विवाद देखिएको छ ।

 व्यावसायिक र पारदर्शिताको नारा दिएर फुटबल संघको नेतृत्वमा आएको समितिको नया“ पदाधिकारी तथा सदस्यहरुबीच विवाद देखिएको हो । साउनको अन्तिम हप्ताबाट जिल्ला लिग फुटबलको तयारीमा रहेको फुटबल संघमा क्लब दर्ताको विषयलाई लिएर विवाद सुरु भएको हो । संघले क्लब दर्ता गर्ने अन्तिम मिति असार २९ गतेलाई तोकिएपनि कतिवटा क्लब सहभागी हुने हो भन्ने विषय अन्यौलता छाएस“गै संघ पदाधिकारीबीच चर्काचर्की सुरु भएको हो । संघ सदस्यका अनुसार असार २१ गतेलाई क्लब दर्ता  गर्ने समय दिइएपनि विभिन्न क्लबल केही दिनको समय माग गरेपछि पुनः असार २९ गतेसम्मको समय सीमा तोकिएको थियो । ‘संघले तोकेको समय सीमाभित्र संघको अध्यक्ष र पूर्वअध्यक्षहरुकै क्लब दर्ता नभएपछि झन विवाद बढ्ने निश्चित भएको हो ।’, उक्त सदस्यहका अनुसार आइतबार सा“झसम्म पनि अध्यक्ष लामाको एफसी पोताला र पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठको सानोपोखरा क्लब दर्ता भएका छैनन् । ‘लिगलाई व्यवस्थित बनाउनका लागि कानुनीरुपमा क्लब दर्ता हुनुपर्ने प्रावधान हामीले ग¥यौ । तर, त्यसभित्र संघकै पदाधिकारीहरुको समेत क्लब समेत समावेश हुन सकेनन् ।’, स्रोतका अनुसार विवादका कारण हाल अध्यक्ष लामा र अन्य पदाधिकारीवीच पानी बाराबारको अवस्था सिर्जना भइसकेको छ । तत्कालिन समयमा एन्फाका हालका अध्यक्ष कर्माछिरिङ शेर्पाको पक्षमा खुलेर लागेको हालका बहुमत कार्यसमितिलाई चुनाव सकिएलगत्तै जिल्लामा विवाद देखिएपछि छिरिङले रेड कार्ड देखाइ सकेका छन् । एन्फा मकवानपुरले असार पहिलो हप्ता आयोजना गर्नुपर्ने विद्यालयस्तरीय फुटबल प्रतियोगिता हालसम्म सञ्चालन गर्न सकेको छैन । देशभको ४५ जिल्लामा जिल्ला लिग भइसक्दा समेत मकवानपुरले अझै गर्न सकेको छैन । मकवानपुर जिल्ला फुटबल संघमा एन्फाका पूर्वअध्यक्ष गणेश थापा र वर्तमान अध्यक्ष शेर्पा कित्तामा उभिएर विवाद हुनु सामान्य जस्तो भइसकेको बुझिएको छ । ‘समयमा बैठक, आन्तरिक छलफल, रणनीति संघमा बन्न छाडिसकेको छ । अध्यक्ष एक्लौटीरुपमा अगाडि बढ्न खोज्दा विवाद बढेको हो ।’, संघका सदस्यहरुले अध्यक्षकै कारण विवाद बढेको आरोप लगाएका छन् । मकवानपुर जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले लिग संयोजक तथा कोषाध्यक्ष अमृत लुङ्बालाई बाइपासर गरेर संघका पदाधिकारी अगाडि बढ्न खोज्दा विवाद देखिएको बताए । ‘सवै गाउ“पालिकाबाट टोली लिगमा सहभागी हुनुपर्छ । अझै दशवटा क्लबहरुको फाइल कार्यक्रम संयोजकस“ग रहेको छ ।’, संघ अध्यक्ष लामाले आफ्नो क्लब विधिवत्रुपमा एन्फाको नियम अनुसार दर्ता भइसकेको र त्यस विषयमा समितिका सदस्यहरुलाई थाहा भएपनि विवाद झिक्नका लागि लिगमा सहभागी हुने भनेर २४ वटा क्लबको नाम सार्वजनिक गरेको बताए । ‘जिल्ला लिगमात्र होइन । राष्ट्रिय फुटबल समेत गरेर हामी अगाडि बढ्नुछ । यस्तो अवस्थामा सबैलाई समेटर लैजानु नेतृत्वको दायित्व हो । त्यसकारण यस विषयमा विवाद गर्नु बेकार हो । यस विषयमा हामी आन्तरिक छलफलमा रहेका छौं ।’, अध्यक्ष लामाले संघका केही सदस्यहरुले यसैगरी जथाभावी गरेको खण्डमा कारबाही समेत गर्न आफू पछाडि नपर्ने चेतावनी दिए ।






कमेन्टसहरु




2584315 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top