Sajhakura Dainik - असोजको पहिलो हप्ताबाट जिल्लास्तरीय भलिबल
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
खेलकुद

असोजको पहिलो हप्ताबाट जिल्लास्तरीय भलिबल


खेलकुद 19 पटक पढिएको




हेटौंडा÷पाँचौ संस्करणको केशबलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता–२०७६ असोजको पहिलो हप्ताबाट सुरु हुने भएको छ ।

 हटिया स्पोट्र्स एकेडेमीको आयोजनामा हेटौंडा–१७ स्थित नेपाल चौर खेल मैदानमा हरेक वर्ष हुने केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको पाँचौं संस्करण असोज १ गतेदेखि सुरु हुने भएको छ । असोज ४ गतेसम्म हटियामा सञ्चालन हुने केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगितामा १४ टिमको सहभागिता रहने आयोजकको अनुमान रहेको छ । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक हटिया स्पोट्र्स एकेडेमीले प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले नगद ४० हजार रुपैयाँ पुरस्कार पाउने जानकारी दिएको छ । प्रतियोगितामा पाँच वटा विधागत उत्कृष्ट खेलाडीलाई जनही २ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार पाएको छ । जिल्ला भित्रका खेलाडीहरुले मात्रै प्रतियोगितामा सहभागिता जनाउन पाउने भन्दै आयोजक हटिया स्पोर्टस एकेडेमीका अध्यक्ष छवि सुवेदीले टिम दर्ताको समय भदौ ३१ गतेसम्म रहेको बताए । मकवानपुरका खेल प्रतिभाहरुको छनौट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको उनले बताए । प्रतियोगिताको नगद आगामी वर्षबाट अझै बढाउने प्रतिवद्धता समेत पत्रकार सम्मेलनमा गरिएको छ । आगामी वर्षबाट एकलाख पुरस्कार बनाइने घोषणा गरिएको छ ।






कमेन्टसहरु




2639729 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top