Sajhakura Dainik - जिल्ला लिगमा चार खेल बराबरी
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
खेलकुद

जिल्ला लिगमा चार खेल बराबरी


खेलकुद 32 पटक पढिएको




हेटौंडा÷ जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत् आइतबार भएको चारवटै खेल बराबरीमा टुंगिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको बार्षिक क्यालेण्डर अनुसार हेटौंडा–४ हुप्रचौरमा जारी  आइतबारको चारवटा खेल बराबरीमा टुंगिएको हो ।  हाँडीखोला युथ क्लब र हटिया स्पोर्टस् एकेडेमीको खेल १–१ गोलको बराबरीमा सक्किएको हो । हटियाको लागि विमल घलान र हाँडीखोलाको लागि सुलभ बुढाथोकीले गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच हटियाका विमल घलान भए । शनिबार बर्षाको कारण स्थगित भएको विजय यूथ क्लव हेटौंडा र सक्षम युवा क्लव नेवारपानीबीचको खेल पनि १–१ गोलको बराबरी भएको छ । अघिल्लो दिन १ गोलले पछि परेको विजय यूथले आइतबारको खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै खेललाई  बराबरीमा ल्याएको हो । विजय यूथको तर्फबाट सुरज बिष्टले गोल गरेका हुन् । यद्यपी सक्षमले भने नतिजा स्वीकारेको छैन । रेफ्रीले गलत निर्णय दिएको भन्दै सक्षमले खेल नै बहिष्कार गरेको छ । आयोजकले यस बिषयमा निर्णयमा पुग्ने जानकारी दिएको छ ।  आर.आर. एफसी र निब्टा क्लव निबुवाटारबीको खेल पनि १–१ गोलको बराबरीमै टुंगियो । आर.आर एफसीका लागि एलिस लामा र निब्टाको लागि नकुल दोङले गोल गरेका हुन् । खेलमा आर.आर एफसीका अमृत गोले म्यान अफ दी म्याच भए । यस्तै आइतबारको अन्तिम खेल पनि एफसी पोताला र नामटार क्लवले बराबरी नै खेलेका छन् । पोतालाका तर्फबाट कृष्णबहादुर बल र नामटारको तर्फबाट कृष्णबहादुर बलले गोल गरेका हुन् । नामटारका बल नै खेलको म्यान अफ दी म्याच भए ।






कमेन्टसहरु




2639812 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top