Sajhakura Dainik - फापरबारी, एकेडेमी र इन्टरनेट बिजयी
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
खेलकुद

फापरबारी, एकेडेमी र इन्टरनेट बिजयी


खेलकुद 17 पटक पढिएको




हेटौंडा÷हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार पनि तीन खेल भएका छन् ।

खेलमा सहिद स्मृति क्लव फापरबारी, मदन भण्डारी स्पोर्टस् एकेडेमी र एफसी इन्टरनेट विजयी भएको छ । बिहान भएको खेलमा सहिद स्मृति क्लव फापरबारीले महाबीर क्लव हेटौंडालाई ३–० गोल अन्तरले हराएको हो । फापरबारीको जितमा बाबुराम माझीले २ गोल र कृष्ण रुम्बाले १ गोल गरे । खेलमा फापरबारीका बाबुराम माझी नै म्यान अफ दी म्याच भए । दिउँसोको पहिलो खेल मदन भण्डारी स्पोर्टस् एकेडेमीले हेटौंडा भेट्रानलाई ६–१ गोल अन्तरले हराएको छ ।मदन भण्डारीको तर्फबाट रमेश लामाले ह्याट्रिक गरे भने राजन गोले २ र सुनिल भ्लोनले १ गोल गरे । भेट्रान्सको तर्फबाट कृष्ण जोशीले एक मात्र गोल गरे । ह्याट्रिक गर्ने रमेश लामा खेलको म्यान अफ दी म्याच घोषित भए ।  यस्तै एफसी इन्टरनेट र प्रगतिशील युवा क्लवको खेलमा विवाद भएको छ । इन्टरनेटले दुई गोल गरेको थियो । आउट भएको बललाई गोल दिएको भन्दै प्रगतिशीलले मैदान छोडेको थियो । इन्टरनेटको तर्फबाट प्रितम स्याङ्बोले एक गोल गरेका हुन् । असोज ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा आज हेटौंडा फुटबल एकेडेमी र भुटनदेवी युवा क्वलबीच बिहान पहिलो खेल हुनेछ । दोस्रो खेलमा बुद्ध युवा क्लव र गोर्खा ब्वाइज भिड्नेछन् भने एफसी मल्टिभिजन र ७ नम्बर फुटबल टिमबीच आजको अन्तिम प्रतिष्पर्धा हुने संयोजक अमृत लुङ्बाले बताए ।






कमेन्टसहरु




2639715 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top