Sajhakura Dainik - चित्लाङमा प्याराग्लाइडिङ उडाउने तयारी
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
मनोरञ्जन

चित्लाङमा प्याराग्लाइडिङ उडाउने तयारी


मनोरञ्जन 23 पटक पढिएको


चित्लाङमा प्याराग्लाइडिङ उडाउने तयारी


हेटौंडा÷मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरमा पनि अब प्याराग्लाइडिङ उडाउने तयारी भएको छ ।
 पर्यटन प्रवद्र्धनको लागि प्रदेश तथा स्थानीय सरकारले चासो दिइरहेको बेला प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । थाहा नगरकै पर्यटन व्यवसायी बैकुण्ठ थापाले प्याराग्लाइडिङ सेवा सुरु गर्न लागेका हुन् । थाहानगर–१० को विसिङ्खेलमा रहेको आइतबारे चौरबाट केहीदिनअघि गरिएको परीक्षण उडान सफल भएको र अब व्यावसायिक रुपमा नै प्याराग्लाइडिङ गर्न सकिने पाइलट सागर क्षेत्रीले बताए । पाइलट सागर क्षेत्रीले नै प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए । प्याराग्लाइडिङको परीक्षण उडानमा पाइलट क्षेत्री र पर्यटन व्यवसायी बैकुण्ठ थापा सहभागी थिए । थाहानगर(१० का थापा काठमाडौंमा रहेर पर्यटन प्रवद्र्धनका क्षेत्रमा क्रियाशील छन् । परीक्षण उडानका क्रममा युक्रेनका पर्यटन व्यवसायी आन्द्रेसहित १० नम्बर वडा अध्यक्ष हीराबहादुर गमाल, सदस्य रामकृष्ण गमाल तथा स्थानीयहरुको उपस्थिति थियो ।  ‘परीक्षण उडान सफल भएको छ, अब हामी पर्यटन मन्त्रालयबाट अनुमतिको क्रममा छौं, केही समयमा नै हामी थाहा नगरमा प्याराग्लाइडिङको सेवा सुरु गर्छौं ।’ व्यवसायी थापाले भने । प्याराग्लाइडिङको सफल परीक्षणसूगै मकवानपुरको पर्यटकीय क्षेत्र आग्रा, टिष्टुङ, दामन, पालुङ, बज्रबाराहीजस्तै चित्लाङको विसिङ्खेलमा पर्यटकको आवागमन बढ्ने अनुमान गरिएको छ । थाहा नगरको पर्यटन विकासमा प्रदेश र स्थानीय सरकारले पनि चासो देखाइरहेको बेला धमाधम पर्यटकीय संरचना निर्माण हुने क्रममा रहेका छन् । मकवानपुर थाहानगर–४ मा पर्ने सीमभञ्ज्याङदेखि भीमफेदीसम्म केबलकार पनि चलाउने गरी तयारी भइरहेको छ । केबलकारकोे सम्भाव्यताबारे अध्ययन भइरहेको थाहा नगरका प्रमुख लवशेर बिष्टले बताए । विज्ञ टोलीले केही समयअघिदेखि काम गरिरहेको छ । नगरपालिका, प्रदेश सरकार र नागरिकको संयुक्त लगानीमा करिब ३ सयदेखि ५ सय करोड खर्चिएर केवलकार सञ्चालनको प्रयास थालिएको हो । डूोनको सहायताले दुरी मापन गरिसकिएको नगरका उपप्रमुख खड्ग गोपालीले बताए । केवलकार करिब साढे ३ किमी लामो हुने प्रारम्भिक अनुमान छ । केवलकारको संरचनाभित्र होटलहरु, पर्यटन पार्क, सभागृहलगायत संरचना पनि पर्नेछन् । देशकै पर्यटकीय गन्तव्यको रुपमा चिनिएको थाहा नगरमा विभिन्न संरचना बनेसँगै भारतीय पर्यटकको आवागमन बढ्ने अनुमान गरिएको छ । सरकारले एक सय वटा नया“ पर्यटकीय गन्तव्य घोषणा गर्दा मकवानपुरमा दामन र इन्द्रसरोवरको मैत्रीपार्क फाखेल परेका छन् ।






कमेन्टसहरु




2584364 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top