Sajhakura Dainik - नेपाल–फ्रान्सको कुटनीतिक सम्बन्ध वर्षगाँठ मनाउन मिस नेपाल श्रृंखला सद्भावना दूत नियुक्त
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
मनोरञ्जन

नेपाल–फ्रान्सको कुटनीतिक सम्बन्ध वर्षगाँठ मनाउन मिस नेपाल श्रृंखला सद्भावना दूत नियुक्त


मनोरञ्जन 16 पटक पढिएको




नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउन मिस नेपाल वल्र्ड श्रृंखला खतिवडालाई सद्भावना दूत नियुक्त गरिएको छ ।

नेपाल र फ्रान्सबीच २०१९ मा उच्चस्तरीय भ्रमण गराउँदै दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाउन बुधबार सहमति भएको हो। परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित फ्रान्सेली दूतावासले श्रृंखलालाई सद्भावना दूतको रुपमा नियुक्त गरेको हो । सो अवसरमा मिस नेपाल खतिवडाले आफू अनुहारले मात्र सद्भावना दूत नहुने विश्वास दिलाएकी छन् ।
सद्भावना दूतको नियुक्तिपत्र पाएपछि नेपाली परराष्ट्र सचिव शंकरदास बैरागी र उनका समकक्षी फ्रान्सेली परराष्ट्र मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तान उपस्थित कार्यक्रममा श्रृंखलाले भनिन्, ‘म अनुहारले मात्र सद्भावना दूत हुन चाहन्न । म यस गरिमामय पदको मूल्य राख्न चाहन्छु । नेपाल र फ्रान्सको पर्यटनलाई प्रवद्र्धन गर्नेछु । नेपालको हिमाल र विविध संस्कारलाई मात्र होइन, फ्रान्सको लामो समयदेखिको संस्कार, कला, कृतिलाई समेत प्रवद्र्धन गर्न चाहन्छु ।’
कार्यक्रममा उनले नेपालको महत्वपूर्ण कुरा बताएर नेपाल र फ्रान्सबीचको सौहार्दपूर्ण सम्बन्धको महत्व राख्न चाहेको जानकारी गराइन् । उनले भनिन्– ‘उद्देश्य सहितको व्यक्ति भएका कारण मेरो व्यक्तिगत चाहना भनेको समाज सेवा र दीगो विकासको हो । यस पदले यस्ता विषयलाई अझ टेवा पुग्नेछ ।’
बुधबारै दुबै समकक्षीहरुले ७० औँ वर्षगाठको लोगो सार्वजनिक गरेका छन् । लोगो कक्षा १० का विद्यार्थी आयुस कुमारले डिजाइन गरेका हुन् ।



कमेन्टसहरु




2584356 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top