Sajhakura Dainik - ‘सालको पातको टपरी’ गीतलाई युट्युबमा २ करोड भ्यु
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
मनोरञ्जन

‘सालको पातको टपरी’ गीतलाई युट्युबमा २ करोड भ्यु


मनोरञ्जन 127 पटक पढिएको


‘सालको पातको टपरी’ गीतलाई युट्युबमा २ करोड भ्यु


यसबर्ष निकै चर्चामा रहेको तथा लोक दोहोरी गीतको इतिहासमा सर्वाधिक रुचाइएको ‘सालको पातको टपरी’ बोलको गीतले नयाँ रेकर्ड बनाएको छ ।
 हरेक उमेर समूहका श्रोताहरुको मनमनमा बस्न सफल ‘सालको पातको टपरी हुने, हे बरै नहुने सल्लैको’ बोलको गीतले युट्युबमा २ करोडभन्दा धेरै भ्यु पाएको छ । यसअसघि सबैभन्दा छोटो समयमा करोड प्लस भ्यु पाउने पहिलो लोक गीतको रेकर्ड बनाएको उक्त गीतले अहिले फेरि नयाँ रेकर्ड बनाएको हो ।
गीतले २ करोडभन्दा धेरै भ्यु पाउने पहिलो लोक गीतको रेकर्ड आफ्नो नाममा बनाएको हो । यसअघि कुनै पनि लोक दोहोरी गीतले युट्युबमा यति धेरै भ्यु पाउन सकेको थिएन । गीतले लगभग ४ महिनाको अवधिमा २ करोड प्लस भ्यु प्राप्त गरेको हो । २ करोडभन्दा धेरै पटक हेरिएको गीतले १ लाख २३ हजारभन्दा धेरै लाइक पाएको छ भने ११ हजार डिस्लाइक पाएको छ ।
कुलेन्द्र विश्वकर्मा र बिष्णु माझीको आवाज रहेको गीतमा नवराज पन्तको शब्द रहेको छ । गीतमा बसन्त थापाको संगीत तथा आशिस अबिरलको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा अभिनेत्री मरिस्का पोखरेल, गायक कुलेन्द्र विश्वकर्मा र बसन्त थापाको अभिनय रहेको छ । गीतको भिडियोमा शिव बिकको निर्देशन तथा उनकै कोरियोग्राफी रहेको छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।
यहि गीतको सफलतापछि गायक विश्वकर्मा देश तथा बिदेशका कार्यक्रममा निकै ब्यस्त रहेका छन् । कार्यक्रमका दौरान पुगेका हरेक ठाउँमा दर्शक श्रोताहरुको माग ‘सालको पातको टपरी’नै हुने गरेको विश्वकर्माले बताएका छन् ।
‘कार्यक्रमका लागि जहाँ–जहाँ पुग्छु सबै ठाउँमा दर्शक श्रोताहरुले निकै मन पराइदिनु हुन्छ र यही गीतमात्र सुन्न चाहनुहुन्छ’, विश्वकर्माले भने । उनले कतिपय कार्यक्रमहरु त यही गीतलाई पटक–पटक गाएरै सकेको समेत सुनाए ।



कमेन्टसहरु




2584370 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top