Sajhakura Dainik - स्थानीय तहको निर्वाचन गर्न आयोग तयार मकवानपुरमा दुई लाख ३४ हजार मतदाता
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

स्थानीय तहको निर्वाचन गर्न आयोग तयार मकवानपुरमा दुई लाख ३४ हजार मतदाता


समाचार 127 पटक पढिएको


स्थानीय तहको निर्वाचन गर्न आयोग तयार मकवानपुरमा दुई लाख ३४ हजार मतदाता


हेटौंडा, १५ फागुन÷ निर्वाचन आयोग मकवानपुरले तोकिएको समयमा स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको छ ।

सरकारले वैशाख ३१ गतेको लागि तोकेको स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीमा आयोग जुटिसकेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । ‘सरकारबाट प्रस्तावित स्थानीय तहअनुसारको निर्वाचन गर्न आन्तरिक तयारी भइरहेको छ’, कार्यालयका सूचना अधिकारी दिनेश श्रेष्ठले स्थानीय निकाय पुनर्संरचना आयोगको अन्तिम प्रतिवेदन नआउँदा निर्वाचनको तयारी गर्न केही कठिन भएको बताएका छन् ।
‘स्थानीय निकाय पुनर्संरचनाको अन्तिम प्रतिवेदन नआउँदा हामीलाई मतदान केन्द्र निर्धारण गर्न र मतदातामाझ जानको लागि समस्या भइरहेको छ । यो हाम्रो जिल्लाको मात्र समस्या होइन, देशभर देखिएको समस्या हो । प्रस्तावित स्थानीय तहमा निर्वाचन गराउन हामी तयारी अवस्थामा छौं’, उनका अनुसार सरकारबाट अन्तिम पुनर्संरचनाको प्रतिवेदन प्राप्त हुनासाथ सबै समस्या समाधान हुने र निर्वाचनको तयारी तीव्ररुपमा अगाडि बढनेछ ।
मकवानपुरका दुईवटा नगरपालिका र आठवटा गाउँपालिका प्रस्तावित छन् । ‘गाविसहरु विभिन्न तहमा गाभिएका छन् । नगरका वडाहरु पनि गाभिएका छन् । यस्तो अवस्थामा केही प्राविधिक कठिनाइहरु देखा पर्न सक्छन् । त्यसकारण आयोगको प्रतिवेदन कुर्नुपरेको हो’, उनले भने ।
उनका अनुसार हालसम्म मकवानपुरमा दुई लाख ३३ हजार आठ सय नौजनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमध्ये पुरुषतर्फ एक लाख १९ हजार ५७ जना, महिलातर्फ एक लाख १४ हजार सात सय ४७ जना तथा पाँच जना तेस्रो लिड्डीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचनको मिति घोषणा भएको मितिमा १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउनेछन् । सरकारले फागुन ९ गते निर्वाचनको मिति घोषणा गरेको थियो ।
‘निर्वाचन आयोगले १६ वर्ष पुगेकाहरुको नाम दर्ता गर्छ । दर्ता भएका सबैले मतदान गर्न पाउँदैनन् । १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउँछन्’, श्रेष्ठका अनुसार २०७३ असोज महिनासम्म कार्यालयमा दर्ता भएका सम्पूर्ण मतदाताको नामावली अद्यावधिक भइसकेका छ ।
कार्यालयका अनुसार २०७३ कात्तिक १ गतेदेखि फागुन ९ गतेसम्म नामावली दर्ता गराएकाहरु र १८ वर्ष पूरा भएका व्यक्तिहरुको अन्तिम नामावली निर्वाचन कार्यालयले फागुन १७ गते प्रकाशन गर्नेछ । ‘यस अवधिमा दर्ता गराएकाहरु नामावलीमा कुनै त्रुटि भएको खण्डमा फागुन २१ गतेसम्ममा सच्याउन सकिनेछ’, उनले भने ।



कमेन्टसहरु




2639745 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top