Sajhakura Dainik - ‘प्रहरीको सेवा नागरिकमैत्री हुन जरुरी’
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

‘प्रहरीको सेवा नागरिकमैत्री हुन जरुरी’


समाचार 127 पटक पढिएको




हेटौंडा, २८ चैत÷ नेपाल प्रहरीले गर्ने सेवा नागरिक मैत्री हुन जरुरी रहेको औंल्याइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा आयोजित नागरिक मैत्री सेवा तथा मानव अधिकार विषयक तालिमको समापन समारोहमा सहभागीहरुले प्रहरीले गर्ने हरेक क्रियाकलाप नागरिकमैत्री हुन जरुरी रहेको औंल्याइएको छ ।

‘प्रहरीले नागरिक सेवा गर्ने हो । त्यसैले प्रहरीले गर्ने हरेक काम नागरिकमैत्री हुन जरुरी रहेको छ’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बसन्तकुमार लामाले भने,‘समाजमा हुने हरेक घटनाको अनुसन्धान, अपराध नियन्त्रण, शान्ति सुरक्षा तथा अन्य विषयहरुमा प्रहरीले नागरिकसँग समन्वय गरेर अगाडि बढ्न जरुरी रहेको छ ।’ उनले प्रहरीले सम्पूर्ण नागरिकलाई समान व्यवहार गर्न जरुरी रहेको भन्दै सोहीअनुसार अगाडि बढ्न तालिममा सहभागीहरुलाई निर्देशन दिएका थिए ।
प्रहरी उपरीक्षक लामाले प्रहरीको तल्लो तहदेखि माथिल्लो तहसम्मले सर्वसाधारण जनता तथा सेवाग्राहीलाई गर्ने सेवा एउटै हुनुपर्ने औंल्याएका थिए । ‘फिल्डमा काम गर्नेदेखि अफिर्सस लेभलसम्मकाले नागरिकलाई गर्ने व्यवहार एउटै हुन जरुरी रहेको छ’, प्रहरी उपरीक्षक लामाले तालिममा सहभागी ३७ जना हवल्दारहरुलाई निर्देशन दिँदै तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न निर्देशन दिए ।
तालिमको समापन समारोहमा नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले प्रहरीको तल्लो तह जिम्मेवार भएको खण्डमा माथिल्लो तह स्वतः जिम्मेवारहुँदै अगाडि बढ्ने बताए । ‘प्रहरी संगठन एउटा उत्कृष्ट संगठन हो । अब प्रहरीले गर्ने काम जनमैत्री हुन जरुरी रहेको छ । त्यसकारणले गर्दा प्रहरीले नागरिकलाई गर्ने व्यवहारमा परिर्वतन ल्याउन र आफूलाई आवश्यक सूचना तथा सहयोग लिनका लागि भएपनि नागरिक मैत्री बन्न जरुरी रहेको छ’, कोइरालाले भने।
उनले नेपाल प्रहरीको इतिहास गर्विलो भएको बताउँदै त्यसलाई कायम राख्नका लागि सम्पूर्णं तहका प्रहरीले राष्ट्रसेवक भएर काम गर्न जरुरी रहेको बताए। उनले प्रहरीले तालिमको दौरान सिकेको सीपलाई फिल्डमा उतार्दा विवक पु¥याएको खण्डमा धेरै क्षति कम हुने दाबी गरे ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामीले प्रहरीले गर्ने व्यवहार र सेवाबाट नागरिक विश्वस्त हुन जरुरी रहेको औंल्याए । ‘प्रहरीले प्रदान गर्ने सेवाबाट नागरिक विश्वस्त नभएको खण्डमा त्यसको कुनै अस्तित्व रहँदैन । प्रहरीले तालिमको सिकेको सीपलाई व्यवहारमा उतार्न जरुरी रहेको छ । जसले गर्दा प्रहरील प्रदान गर्ने सेवाबाट सवैको मन जित्न सजिलो होस्’, उनले प्रहरीले तालिममा सिकेको सीपलाई फिल्डमा उतार्न जरुरी
रहेको बताए ।
नेकपा एमालेकी जिल्ला सहसचिव मीना लामाले प्रहरीले सञ्चाल गरेको नागरिक मैत्री सेवा तथा मानव अधिकार विषयक तालिमले प्रहरीबाट नागरिकले प्राप्त गर्नूपर्ने सेवा र अधिकारको गुणस्तरीयतामा बृद्धि हुने विश्वास गरिन् । उनले पछिल्लो समय प्रहरीले अपराध अनुसन्धानमा बैज्ञानिक प्रविधि प्रयोग गरेको प्रति खुशी व्यक्त गरिन् ।
कार्यक्रममा राप्रपाका केशब आचार्य, महिला तथा बालबालिका कार्यालयका रवी हमाल, सामुदायिक प्रहरी सेवा केन्द्र थानाभ¥याङका उपाध्यक्ष विनोदकुमार लामा, महिला अधिकारकर्मी अस्मिता लामा तथा सञ्चारकर्मी सुरेश श्रेष्ठलगायतले प्रहरीले समयअनुसार अँगालेको प्रहरी मेरो साथी, मुस्कानसहितको सेवा तथा प्रहरी नागरिकबीच हातेमालो कार्यक्रमको विषयमा आआफ्नो धारणा राखेका थिए ।



कमेन्टसहरु




2639804 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top