Sajhakura Dainik - आलुले मूल्य नपाउँदा किसान चिन्तित
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

आलुले मूल्य नपाउँदा किसान चिन्तित


समाचार 33 पटक पढिएको


आलुले मूल्य नपाउँदा किसान चिन्तित


हेटौंडा ५ असार÷ आलुको उचित मूल्य नपाउँदा मकवानपुरको थाहा नगरका किसान यतिबेला निकै चिन्तित छन् । उत्पादित आलु बेचेर लगानी पनि नउठ्ने भएपछि किसानले आलु भिœयाउने जाँगर पनि गरेका छैनन् ।

बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्र मानिने थाहाका किसानले उत्पादन गरेका आलुले राम्रो बजार नपाएपछि
बारीमै कुहिने अवस्था सिर्जना भएको छ । हालसम्मकै सस्तो मूल्यमा आलु बिक्री गर्नु परेपछि लगानी उठाउन पनि मुस्किल परेको किसानको गुनासो छ । १० रोपनी बारीमा आलु रोपेका थाहाका राजन कार्कीले भने बारीमा आलु खन्दै गर्दा भने–‘आलु निकै सस्तो भो, यति धेरै दुःख गरेर फलाएको आलुले लगानी पनि नउठ्ला जस्तो छ।’
आलु बेचेर लगानी पनि नउठ्ने भएपछि आलु भिœयाउने जाँगर पनि नभएको भन्दै कार्कीले बारीमै आलु कुहिएर खेर जान
थालेको बताए । एक बिगाहा जमिनमा रोपेको आलु घरमा राख्ने ठाउँ पनि नभएको र बिक्री गर्न पनि भाउ नभएपछि थाहा नगरका  अर्का किसान सुजल रायमाझी पनि निकै चिन्तित छन् । ‘घरमा राखौं ठाउँ छैन, बिक्री गर्नं मूल्य छैन, यसपाली बारीमै आलु कुहिने भयो,’ उनले भने ।
४० रुपैयाँ प्रतिकेजी बिउ खरिद गरेर रोपेको आलुको मूल्य प्रतिकिलो १० रुपियाँ पनि नपाउँदा किसानहरुमा निराशा छाएको छ । थाहामा हाल सेतो आलु १० र रातो आलु १३ रुपैयाँसम्म बिक्री भइरहेको थाहा उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले जानकारी दिए । गत वर्ष यहाँका किसानले सेतो आलु २५ र रातो आलु ३० रुपैयाँ प्रतिकेजी बिक्री गरेका थिए ।
गत वर्ष यहाँका किसानले दुई अर्ब ५० करोड रुपैयाँको आलु बिक्री गरेको थाहा उद्योग वाणिज्य संघको तथ्यांकमा उल्लेख छ । गत वर्ष ५० केजीको १३ लाख बोरा आलु उत्पादन भएको संघले जनाएको छ । यस वर्ष गत वर्षभन्दा आलु उत्पादन बढेको अनुमान गरिएको छ । तर मूल्य सस्तो हुँदा समस्या भएको किसानको भनाइ छ । ठूलो परिमाणमा आलु उत्पादन हुने थाहा नगरमा शीत भण्डार निर्माण हुन नसक्दा काठमाडौं तथा हेटौंडामा ल्याएर आलु भण्डारण गर्दा यहाँका किसानको करोडौं रुपियाँ खर्च हुने गरको छ ।
थाहा नगर उद्योग वाणिज्य संघका अनुसार यहाँका किसानले गत वर्ष २०७३ मा ६० हजार बोरा आलु शीत भण्डारणको लागि काठमाडौं र हेटौंडा पठाएका थिए । आर्थिक अभावका कारण लामो समयदेखि प्रयास भए पनि थाहामा शीत भण्डार निर्माण गर्न नसकिएको स्थानीय कृषकको भनाइ छ ।



कमेन्टसहरु




2639801 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top