Sajhakura Dainik - आज राष्ट्रिय धान दिवस धानको उत्पादन र माग बढ्दो
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

आज राष्ट्रिय धान दिवस धानको उत्पादन र माग बढ्दो


समाचार 15 पटक पढिएको


आज राष्ट्रिय धान दिवस धानको उत्पादन र माग बढ्दो


हेटौंडा, १४ असार÷ आज असार १५ अर्थात धान दिवस । असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाईं जात्रा आदि नामले मनाइन्छ ।

नेपाल कृषि प्रधान देश हो, यहाँका अधिकांश मानिसको पेशा खेतीपाति हो । किसानहरुले असारलाई ‘मानो खाने, मुरी उब्जाउने’ महिनाको रुपमा लिने गर्दछन् । किसानहरु वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।
आकासे पानीको भरमा धान खेती गर्नुपर्ने बाध्यतामा रहको किसानका लागि यो वर्ष परिणम सुखद् हुने देखिएको छ । मौसमले साथ दिएका कारण यो वर्ष बैलैमा रोपाईं सुरु भएको छ भने लामो समय मौसम अनुकूलहुने पूर्वानुमानले किसानमा आशा पलाएको छ ।
जिल्ला कृषि विकास कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा जेठको अन्तिम साताबाट रोपाईं सुरु भइसकेको छ । विशेष गरी मकवानपुरको उत्तरी क्षेत्र चित्लाङ, बज्रबाराही, कुलेखानी र मार्ख क्षेत्रमा जेठको अन्तिम साताबाटै रोपाईं सुरु भइसकेको छ ।
कार्यालयका प्रमुख निर्मल गदालका अनुसार जिल्लामा धानको उत्पादन वर्षेनी बढेपनि माग पनि बढ्दो  छ । ‘भात खानेको संख्या बढ्दो अवस्थामा रहेको छ । त्यसकारण धानको माग बढी भएको हो । जिल्लामा उत्पादन हुनेभन्दा पनि मन्सुली र बासमति धानको माग जिल्लामा बढिरहेको छ’, उनले भने ।
जिल्लाको करिब ३५ प्रतिशत खेती योग्य जमिनमामात्र सिचाईं सुविधा पुगेको छ । ‘अधिकांश किसानले आकाशे पानीको भरमा
रोपाईं गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा वर्षेनी उत्पादनमा घटबढ भइरहन्छ’, उनका अनुसार हालसम्म जिल्लामा करिब १५ प्रतिशत
रोपाईं भइसकेको छ ।
गतआर्थिक वर्षमा मकवानपुरमा करिब ५१ हजार दुईसय नौ मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष केही बढ्ने अनुमान जिल्ला कृषि विकास कार्यालयको छ । मकवानपुरको मनहरी, हाँडीखोला, हटिया, हर्नामाडी र छतिवन धान उत्पादनको पकेट क्षेत्र हो ।
यसवर्ष कार्यालय र कृषि विकास एलायन्स मकवानपुरको संयुक्त आयोजनामा हेटौंडामा धान दिवस मनाइँदैछ । ‘दुईबाली धाने खेतीको विस्तार,आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ १४ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव भव्यताका साथ मनायने भएको छ । कृषक, कृषक समूह र सहकारीलगायत सहभागितामा हेटौंडा–११, थानाभ¥याङ नजिकै धान रोपेर दिवस मनाउने तयारी कार्यालयले गरेको छ ।



कमेन्टसहरु




2639713 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top