Sajhakura Dainik - असारे विकासले सडक अस्तव्यस्त
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

असारे विकासले सडक अस्तव्यस्त


समाज 127 पटक पढिएको


असारे विकासले सडक अस्तव्यस्त


हेटौंडा, १८ असार÷ आर्थिक वर्षको अन्तिमतिर मात्र हतारहतार विकास निर्माणको काम गर्ने सरकारी प्रवृत्तिको कारण हेटौंडाको सडकहरु अहिले अस्तव्यस्त बनेको छ ।
 हेटौंडाको मेनरोड, राप्तीरोड, टिसिएनरोड, बैंकरोडलगायतको क्षेत्रमा हाल सवारीचाप बढेपछि सवारी जामको समस्या हुन थालेको छ ।
मुख्यतः भारी सवारीसाधन आवतजावत गर्ने बाइपास सडक निर्माणको काम भइरहेकाले बजार क्षेत्रबाट सबै सवारी चल्नुपर्ने बाध्यताले सडक अस्तव्यस्त बनेको छ । करिब एक महिनाअघिदखि बाइपास सडक निर्माणको काम भइरहेकाले बजार क्षेत्रमा अत्याधिक सवारी चाप बढेको छ भने पैदलयात्रुलाईसमेत हिँडडुल गर्न निकै सास्ती भइरहेको छ । असारे विकासको कारण सडक अस्तव्यस्त हुँदा पैदल यात्रा गर्नसमेत निकै सास्ती परेको हेटौंडाको सीमाचोकमा भेटिएका अमित पौडेलको भनाइ थियो । ‘सानाठूला सबै गाडीहरु यही साँघुरो बाटोमा गुड्दा हामीलाई ओहोरदोहोर गर्न निकै गाह्रो भइरहेको छ,’ उनले भने ।
साँघुरो सडकमा साना ठूला सबै सवारी साधन चलाउँदा हेटौंडा बजार क्षेत्रमा दुर्घटनाको खतरासमेत बढेको छ । सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई पनि निकै हम्मेहम्मे परेको छ । म्यादी प्रहरीसमेत परिचालन गरी ट्राफिक प्रहरीले जसोतसो सवारी व्यवस्थापन गरिएको छ । बजार क्षेत्रमा भारी सवारी साधन गुड्दा साना सवारी साधनलाई बढी मार पर्ने गरेको छ । साइकल, मोटरसाइकलमा यात्रा गर्नेले लामो जाममा बस्नुपर्ने बाध्यता छ भने, दूर्घटनाको पनि उत्तिकै खतरा रहेको चालकहरुको भनाइ छ । ‘अरु बेला ५ मिनेटमा पुगिने बाटोमा अहिले १५ मिनेटमा पनि पुग्न गाह्रो छ, हेटौंडा टिसिएनरोडका धर्मराज स्याङ्तानले भने–‘छोरीलाई बाइकमा स्कुल पु¥याउने बेला सधैंजसो गाडी जाम हुने गर्दछ ।’
कान्तिलोकपथअन्तर्गत हेटौंडाको सनोपोखरा सडक पनि स्तरीकरणको काम भइरहेकाले मकवानपुरको पूर्वी क्षेत्रमा जाने सवारी साधनहरुले पनि वैकल्पिक बाटोको प्रयोग गरिरहेका छन् । त्यस्तै हेटौंडाको पारिजातपथदेखि–भैरवरोड जोड्ने सडक पनि स्तरीकरणको काम भइरहेकाले सवारी आवतजावतमा असर परेको छ ।



कमेन्टसहरु




2639760 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top