Sajhakura Dainik - पहिरोको उच्च जोखिममा मकवानपुर
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

पहिरोको उच्च जोखिममा मकवानपुर


समाचार 127 पटक पढिएको


पहिरोको उच्च जोखिममा मकवानपुर


हेटौंडा, १८ असार÷ अबिरल वर्षा भइरहेको समयमा मकवानपुर जिल्ला पहिरोको उच्च जोखिममा रहेको जिल्ला भू–संरक्षण कार्यालय, मकवानपुरले जनाएको छ ।

जिल्लाको भू–बनोट नै भूकम्पबाट बढी प्रभावित हुने खालको रहेको र अबिरल वर्षाको समयमा मकवानपुरमा पहिलो जोखिम उच्च रहेको कार्यालयले जनाएको छ । पहिरोको जोखिमको हिसाबले मकवानपुर देशमै दोस्रो नम्बरमा पर्ने जिल्ला हो ।
भू–संरक्षण कार्यालयले दिएको जानकारीअनुसार हालसम्म जिल्लामा ३२ हजार ७ सय परिवार पहिरोबाट प्रत्यक्ष प्रभावित छन् । त्यसैगरी १ हजार ४ सय ३५ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । कार्यालयको तथ्यांकअनुसार १ सय वर्गमिटरभन्दा ठूला पहिरो १ हजार ७८ वटा छन् भने यसले २ हजार ३३ हेक्टर क्षेत्रफलको जमिन नष्ट गरेको छ ।
जिल्लाको चुरे क्षेत्रमा मात्रै १ सय वर्गमिटरभन्दा ठूला पहिरो सातसय ९२ वटा रहेको जिल्ला भू–संरक्षण कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ । कार्यालयका अनुसार जिल्लाका नामटार, गोगने, राक्सिराङ, गढी, र कालीकाटार पहिरोको उच्च जोखिममा रहेका छन् । साविकको नामटार गाविस–३ झिरघारी क्षेत्रमा बसोबास गर्दै आएका सयौं परिवार पहिरोकै कारण विस्थापित छन् ।
साविककोे धिँयाल, राईगाउँको गिदाभिर पहिरो, बेतिनी–८ को जौबारी पहिरो, राक्सिराङको तर्सीकोट, जैसीताल, पञ्जनी र जिर्खेडाँडा पहिरो उच्च जोखिमयुक्त रहेको भू–संरक्षण कार्यालयले जनाएको छ । कार्यालयको अनुसार नामटार गाविस–८ मा मात्रै ६३ वटा पहिरो छन् ।
गोगने गाविस–३ मा ५३ वटा, ४ मा ४९ वटा र ६ मा ५२ वटा पहिरो छन् । जिल्लामा १० हेक्टर क्षेत्रफलभन्दा बढी क्षेत्रमा फैलिएका ठूला किसिमका पहिरो २३ वटा छन् । तीमध्ये नामटार गाविसमा ७ वटा भिमफेदीमा ५, धिँयाल र छतिवनमा ३÷३, भंैसे र राईगाउँमा २÷२ र सिस्नेरी गाविसमा १ वटा पहिरो रहेको जिल्ला भू–संरक्षण कार्यालयले जनाएको छ ।
गएको ४० वर्षको तथ्यांकअनुसार जिल्लामा ९२ वटा पहिरोको घटनामा परी ३ सय ५० जनाले ज्यान गुमाएका छन् । पहिरोको व्यवस्थापन गर्न तीन चरणमा काम गर्दै आएको छ ।
प्राकृतिक रूपमा पहिरोको व्यवस्थापन, वृक्षरोपणमा जोड र जोखिम क्षेत्रको आँकलन गरी समुदायलाई सुसूचित पार्ने काम जिल्ला भू–संरक्षण कार्यालयले गर्दै आएको छ । प्राकृतिक रूपमा पहिरोको अवस्थालाई बिग्रन नदिई संरक्षणतर्फ जोड दिए पहिरोलाई व्यवस्थापन गर्न सकिने कार्यालयको भनाइ छ ।



कमेन्टसहरु




2639747 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top