Sajhakura Dainik - हेटौंडा उपमहानगरपालिका देशकै तेस्रो ‘सफा सहर’ घोषित
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

हेटौंडा उपमहानगरपालिका देशकै तेस्रो ‘सफा सहर’ घोषित


समाचार 127 पटक पढिएको


हेटौंडा उपमहानगरपालिका देशकै तेस्रो ‘सफा सहर’ घोषित


हेटौंडा, १७ साउन÷ नेपालको तीन उत्कृष्ट सफा सहरमध्ये हेटौंडा उपमहानगरपालिका तेस्रो नम्बरमा परेको छ ।
 सन् २०१४ मा सबैभन्दा सफा सहर घोषित भएको हेटौंडा उपमहानगरपालिका आर्थिक वर्ष २०७३÷७४ मा भने तेस्रो उत्कृष्ट सफा सहर घोषित भएको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय फोहोर व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले हरेक वर्ष फोहोरमैला व्यवस्थापनमा बिशेष योगदान पु¥याउने सहरलाई सम्मानित तथा पुरस्कृत गर्ने गरेको छ । तेस्रो उत्कृष्ट सफा सहर घोषित भएसँगै हेटौंडा उपमहानगरपालिकाले  नगद चार लाख रुपियाँ र सम्मानपत्र प्राप्त गरेको छ । मंगलबार काठमाडौंमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सम्मान तथा पुरस्कार रकम ग्रहण गरेका हुन् ।
देशकै सफा सहरहरुमध्ये धनकुटा नगरपालिका पहिलो र ईलाम नगरपालिका दोस्रो सफा सहरको रुपमा घोषित भएको छ । स्रोत वर्गीकरण तथा व्यवस्थापनमा ५० अंक, खानेपानीमा ६ अंक, ढलमा १५ अंक, सहरको हरियाली र सौन्दर्यमा १९ अंक र नगरको सरसफाई र शाखाको संरचनामा १० अंक गरी जम्मा १ सय अंकको आधारमा बर्गीकरण गरिएको थियो । जसअनुसार हेटौंडा तेस्रो नम्बरमा परेको हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक बिके महर्जनले जानकारी दिए ।
पुरस्कृत हुने नगर–पालिकाहरुले क्रमशः दश लाख, ६ लाख र ४ लाख रुपैंयासहित सम्मान पत्र पाए । गत आर्थिक बर्ष २०७२÷७३ मा सफा शहर घोषणा हुँदै वालिङ, धनकुटा र ईलामले क्रमशः प्रथम, दोश्रो र तेश्रो पुरस्कार प्राप्त गरेका थिए ।



कमेन्टसहरु




2639742 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top