Sajhakura Dainik - पर्सा राष्ट्रिय निकुञ्जको कार्य सुरु
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साझा सरोकार

पर्सा राष्ट्रिय निकुञ्जको कार्य सुरु


साझा सरोकार 13 पटक पढिएको




हेटौंडा, २८ साउन÷ पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार, बाराले शनिबारबाट औपचारिक रुपमा कार्य सुरु गरेको छ ।

नेपाल सरकारबाट पर्सा वन्यजन्तु आरक्षलाई पर्सा राष्ट्रिय निकुञ्जमा परिणत गर्ने निर्णय भएसँगै शनिबार अन्तर्राष्ट्रिय हात्ती दिवस–२०१७ को सन्दर्भ पारेर पर्सा राष्ट्रिय निकुञ्जले औपचारिकरुपमा कार्य सुरु गरेका हो । सांसद् राजाराम स्याङ्तानले निकुञ्जको औपचारिक उद्घाटन गरेका थिए ।

२०४१ सालबाट आरक्षको रुपमार रहेको पर्सा वन्यजन्तु सरकारले  वैशाख २ गते मन्त्रिपरिषद्को निर्णयबाट निकुञ्जको रुपमा रहेको थियो । असार ९ गतेको राजपत्रमा प्रकाशित भएसँगै आधिकारिकरुपमा आरक्ष निकुञ्जमा परिणत भएको थियो ।

यस निकुञ्ज विशेष गरी ‘रैथाने हात्ती’को रुपमा परिचित छ । करिब छसय २७ वर्गकिमीमा फैलिएको यस निकुञ्ज बारा, पर्सा र मकवानपुरमा फैलिएको छ । निकुञ्ज घोषणा भएसँगै त्यसक्षेत्रको पर्यटन प्रबद्र्धनसँगै आर्थिक अवस्थामा बृद्धि हुने भन्दै त्यसक्षेत्रका राजनीतिक दल तथा अगुवाहरुले खुशी व्यक्त गरेका छन् ।

उद्घाटन गर्दै प्रमुख अतिथि सांसद्ले लामो समयदेखि यसक्षेत्रमा क्रियाशील रहेकाहरुको मागको सम्बोधन भएको बताए । उनले लामो प्रयासपछि निवर्तमान वनमन्त्री शंकर भण्डारीले मन्त्रिपरिषद्बाट आरक्षलाई निकुञ्ज घोषणा गर्ने कार्यलाई मूर्तरुप दिएको बताए ।

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष पदम तितुङले आरक्षको घोषणा भएसँगै त्यसक्षेत्रका उपभोक्ताहरु लाभान्वित हुने बताए । ‘त्यसक्षेत्रका उपभोक्ताहरु लाभान्वित हुनेछ । वन्यजन्तुको संरक्षणमा थप टेवा पुग्नेछ’, उनले निकुञ्ज घोषणा भएसँगै अब पर्यटन प्रबद्र्धन  र जनावरको सुरक्षामा विशेष ध्यान दिन जरुरी रहेको औंल्याए ।

निकुञ्जका प्रमुख संरक्षक हरिभद्र आचार्यले अब प्राकृतिको संरक्षण गर्दै उपभोग गर्न जरुरी रहेको बताए । ‘अब प्राकृति र जनावरको संरक्षण गर्दै विशेष गरी पर्यटन प्रबद्र्धनमा जोड दिन जरुरी रहेको छ’, उनले निकुञ्ज घोषणा भएसँगै बारा र पर्सा क्षेत्रमा पर्यटन व्यवसायको सम्भावना बढेको औंल्याए ।

‘अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न जरुरी रहेको छ । होटल र यातायातको सुविधा राम्रो भएको खण्डमा पक्कै पनि पर्यटन प्रबद्र्धनमा सघाउन पुग्नेछ । राजधानी र भारतबाट नजिकको दुरीमा रहेको कारण पनि यसको विकास सम्भावना बढी रहेको छ’, उनले भने ।





कमेन्टसहरु




2584305 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top