Sajhakura Dainik - पुस्तकालय विकासमा जोड दिऔं
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

पुस्तकालय विकासमा जोड दिऔं


हाम्रो कुरा 16 पटक पढिएको




नेपालमा भदौ १५ राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिन्छ । आज बिहीबार दशौं राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । त्यसो त भदौ दोस्रो हप्तालाई नै पुस्तकालय साताको रुपमा मनाइने पनि गरिन्छ ।

 पुस्तकालयको महत्व जति छ त्यो अनुसार यसलाई सरकारी तथा गैरसरकारी क्षेत्रले प्राथमिकतामा 

राखेको पाइँदैन । नेपालमा पुस्तकालयको अभ्यास सुरु भएको दुई शताब्दी पूरा भइसकेको छ । बि.सं १८६९ भदौ १५ गते तत्कालीन राजा गीर्वाणयुद्धको पालामा पुस्तक तहबिल चिताई स्थापना गरी औपचारिकरुपमा पुस्तकालय सुरुवात गरेको मानिन्छ । त्यही दिनको सम्झनामा एक दशक अघि (२०६५ साल)देखि नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो । यो वर्È ‘एक स्थानीय तह, एक नमूना पुस्तकालय’ भन्ने मूल नाराका साथ पुस्तकालय दिवस मनाइँदै छ ।

सबैले बुझेका छन्, पुस्तक ज्ञानभण्डार हो । यो संसारमा पुस्तकको अभाव छैन । हरेक वर्ष विभिन्न विषयका थुप्रै पुस्तकहरु थपिने क्रम जारी छ । तर प्रकाशित र आवश्यक जति सबै पुस्तक पठनपाठनको सहज वातावरण बन्न निकै कठिन छ । नेपालजस्तो गाउ“ नै गाउ“ले भरिएको मुलुकमा आवश्यक र पठनीय पुस्तकहरु जताततै पाइनु असम्भव जस्तै छ । यही अभावलाई पूर्ति गर्दै सकेजति ठाउ“मा पुस्तक पु¥याउनु र पठनपाठनको व्यवस्था मिलाउनु निकै चुनौतीपूर्ण काम हो । यही चुनौतीको सामना गर्दैै देशका विभिन्न स्थानमा स्थापना भएका पुस्तकालयहरुले ज्ञानभण्डारको बिस्तार गर्ने काम गरिरहेका छन् । यो कामले अपेÔित सफलता हात पार्न भने सकिरहेको छैन । राज्यले विगतमा ‘एक गाउ“ एक पुस्तकालय’, ‘एक विद्यालय एक पुस्तकालय’को नीति र नारा अघि सारे पनि यो कार्यान्वयनमा आउन सकेको छैन । हरेक गाउ“ र हरेक विद्यालयमा पुस्तकालय स्थापना हुनु सपनाजस्तै भएको छ । यसवर्ष ल्याइएको ‘एक स्थानीय तह, एक नमूना पुस्तकालय’ नारा पनि नारामै सिमित हुनु हुँदैन । अहिलको स्थानीय तह अधिकारसम्पन्न र साधन स्रोतले परिपूर्ण भएका कारण हरेक स्थानीय तहले यसै वर्षभित्र कम्तिमा एउटा नमूनालायक पुस्तकालय स्थापना गर्नसकेमा पुस्तकालय दिवसको नाराले सार्थकता पाउने थियो ।

सभ्य समाज निर्माणका लागि शिक्षाको आवश्यकता पर्छ । यसका लागि पुस्तकालयको स्थापना र विस्तार महत्वपूर्ण हुन्छ । सूचना प्रविधिको विकास र बिस्तारस“गै पठन संस्कृतिमा आएको ह्रासले पुस्तकालयको महत्वलाई कम गराए पनि वास्तवमा सूचना प्रविधिबाट सतही सूचनामात्र थाहा पाइन्छ । गहन र विस्तृत अध्ययनका लागि पुस्तकालय अपरिहार्य छ । जब गहनरुपमा अध्ययन गरिँदैन, त्यसमाथिको विस्तृत ज्ञान प्राप्त हुन सक्दैन । जबसम्म ज्ञानको बिस्तार र विकास हु“दैन, त्यो समाज र देशको विकास हुन सक्दैन । यसका लागि पुस्तकालयको आवश्यकता देखिन्छ । पठन संस्कृतिको अभावले नेपाली समाजलाई बिस्तारै पराश्रित र सतही बनाउ“दै लगेको छ। यो क्रमलाई रोकेर हरेक व्यक्तिलाई Ôमतावान बनाउ“दै सभ्य समाज निर्माणका लागि ज्ञानको भण्डार अर्थात्पुस्तकालयको विकास बिस्तारलाई तीब्रता दिनु आवश्यक छ ।





कमेन्टसहरु




2584312 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top