Sajhakura Dainik - शिक्षाको गुणस्तर सुधार्न स्थानीय तहको भूमिका महत्वपूर्ण
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

शिक्षाको गुणस्तर सुधार्न स्थानीय तहको भूमिका महत्वपूर्ण


समाचार 1 पटक पढिएको




हेटौंडा, २२ भदौ÷ शिक्षाको गुणस्तर सुधार गर्न शिक्षासँग सम्बन्धित निकाय र स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइएको छ ।

नगरस्तरिय शैक्षिक समन्वय समिति हेटौंडाको आयोजनामा राष्ट्रिय साक्षरता तथा शिक्षा दिवसको अवसरमा विद्यालय शिक्षाको व्यवस्थापन र गुणस्तर सुधारमा स्थानीय तहको भूमिका बिषयक अन्तक्र्रियामा सहभागीहरुले यस्तो बताएका हुन् ।

मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडा, जिल्ला शिक्षा कार्यालय मकवानपुर, नेपाल शिक्षक महासंघ मकवानपुरको समन्वयमा कार्यक्रम गरिएको हो। शिक्षा कार्यालयका कर्मचारीहरु र विद्यालयहरु अब स्थानीय तह मातहतमा रहेर काम गर्नका लागि सहजीकरण होस् भन्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिसहितको कार्यक्रम आयोजना गरिएको आयोजक संस्था अध्यक्ष गणेशप्रसाद हुमागाईंले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय तहको मातहतमा अब विद्यालय हुने भएकाले शैक्षिक गुणस्तर सुधारका लागि पहल गरिने बताए । उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले कसैले पनि यस विषयमा सम्झौता नगर्ने बताए । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले जिल्ला शिक्षा कार्यालयसँग आफ्नो जिज्ञासा राखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुणासैनी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, हेटौंडा उपमहानगरपालिका उपमेयर मीना लामा, हेटौंडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु सविन न्यौपाने, नवीन सिग्देल, अर्जुनप्रसाद चौलागाईं, अनिलकुमार बानियाँ, ललित घलान, नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकाल, शिक्षकहरु मोहनप्रसाद शर्मालगायतले आफ्ना धारणा राखेका थिए ।कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका उपनिर्देशक बद्रीबहादुर पाठकले बिद्यालय तहको शिक्षाको व्यवस्थापन र गुणस्तर सुधारमा स्थानीय तहको भूमिका बिषयमा प्रस्तुतिकरण गरेका थिए । जिल्ला शिक्षा कार्यालय मकवानपुर प्रमुख वीरेन्द्रजंग थापाले समग्र जिल्लाको शिक्षा क्षेत्रको विषयमा प्रस्तुतिकरण गरेका थिए ।





कमेन्टसहरु




2584293 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top