Sajhakura Dainik - मकवानपुरमा दश वटा स्थानीय निकाय सिफारिस
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

मकवानपुरमा दश वटा स्थानीय निकाय सिफारिस


समाचार 51 पटक पढिएको




हेटौंडा, २१ कात्तिक÷ मकवानपुर जिल्लामा दश वटा स्थानीय निकाय हुने भएको छ । जिल्ला विकास समिति मकवानपुरमा आइतबार बसेको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति तथा सर्वदलीय बैठकले जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिकासहित आठ गाउँपालिकाको सिफारिस गर्ने निर्णय गरको हो ।

यसअघि प्राविधिक समितिले सात गाउँपालिकासहित नौ वटा स्थानीय निकायको प्रस्ताव गरेको थियो । सरकारले पुनर्संरचनाको लागि पुनः संख्या थप्नुपर्ने निर्णय गरेपछि मकवानपुरमा पनि एक गाउँपालिका थप भएको जिल्ला विकाससमितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताए । थप भएको गाउँपालिका मकवानपुर गढी हो ।
सहमति अनुसार बाग्मती गाउँपालिकामा राईगाउँ, बेतिनी र फापरबारी गाविस छन् यसको केन्द्र फापरबारीको झुरझुरे प्रस्ताव गरिएको छ । बकैया गाउँपालिकामा छतिवन, धियाँल, शिखरपुर, ठिंगन तथा मन्थली गाविस रहका छन् भने केन्द्र छतिवनको हात्तिसुडँे प्रस्ताव
गरिएको छ ।
अधिकृत थापाका अनुसार भीमफेदी गाउँपालिकामा भैंसे, भीमफेदी, कोगटे, इपा तथा निवुवाटार रहेको छ भने केन्द्र भीमफेदीलाई तोकिएको छ । मकवानपुरगढी गाउँपालिकामा गढी, आमभञ्याङ, सुकौरा तथा बुढीचौर छन् । यसको केन्द्र मकवानपुरगढीको मक्राञ्चुली प्रस्ताव गरिएको छ ।
मनहरी गाउँपालिकामा हाँडीखोला र मनहरी गाविस रहने भएका छन् केन्द्र हाँडीखोलाको रजैया तोकिएको छ । राक्सिराङ गाउँपालिकामा राक्सिराङ, सरिखेत, काँकडा तथा खैराङ छन् भने केन्द्र राक्सिराङको चैनपुरलाई प्रस्ताव गरिएको थापाले बताए ।
कैलाश गाउँपालिकामा डाँडाखर्क, गोगने, कालिकाटार, भार्ता र नामटार रहेको छ भने केन्द्र कालिकाटारको कटुञ्जेलाई प्रस्ताव गरिएको छ । इन्द्रसरोवर गाउँपालिकामा कुलेखानी, सिस्नेरी, फाखेल र मार्खु गाविस छन् भने केन्द्र कुलेखानी तोकिएको छ ।
थाहा नगरपालिकामा टिष्टुङ, चित्लाङ तथा आग्रा थप भएका छन् भने हेटौंडा उपमहानगरपालिका हालकै कायम हुने भएको छ ।



कमेन्टसहरु




2639799 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top