Sajhakura Dainik - मापसे गर्ने एकसय ४५ चालकको लाईसेन्समा प्वाल
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

मापसे गर्ने एकसय ४५ चालकको लाईसेन्समा प्वाल


समाचार 22 पटक पढिएको


मापसे गर्ने एकसय ४५ चालकको लाईसेन्समा प्वाल


हेटौंडा, २४ साउन÷ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष ०७५÷७६ मा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एकसय ४५ चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा प्वाल पारेको छ ।


कारबाही स्वरूप लाइसेन्स प्वालसँगै प्रतिचालक १ हजार जरिवानासमेत असुलिइएको छ । साथै लाईसेन्स नभएका ५९ चालकलाई प्रति चालक दुई हजारका दरले जरिवाना उठाइनुका साथै स्मार्ट लाईसेन्स भएकालाई अभिलेख बनाउन सम्बन्धित यातायात व्यवस्था विभागमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । मापसे गर्ने चालकबाट जरिवानास्वरुप गत वर्ष एक लाख ५६ हजार आठसय संकलन भएको ट्राफिक प्रहरी काशी 

थापाले बताए । 

अघिल्लो आर्थिक वर्ष ०७४÷०७५ मा पाँचसय ५६ चालकको मापसे गरी सवारी चलाएका चालकको लाईसेन्समा प्वाल पारिएको थियो । त्यस्तैगरी ५६ जना लाईसेन्स नभएकालाई दोब्बर दस्तुर अथवा डबल कार्वाही गरिएको थापाले बताए । लाईसेन्स भएका चालकबाट प्रति चालक एक हजार र नभएका बाट प्रति चालक दुई हजारका दरले ६ लाख ६८ हजार राजस्व संकलन गरिएको थियो । त्यस्तैगरी आर्थिक वर्ष ०७३÷०७४ मा चारसय ३८ चालकको लाईसेन्समा प्वाल पारिएको थियो । मापसे सेवन गरी सवारी चलाउने चालकको सवारी अनुमति पत्रमा प्वाल पार्नुको साथै चार लाख ३८ हजार रुपैयाँ राजस्व समेत संकलन गरिएको थियो ।

 वार्षिक तथ्यांकको विश्वलेषण गर्दा मापसे सेवन गरी सवारी चलाउने चालकको संख्यामा पछिल्ला वर्षहरुमा कमी हुँदै आएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि विष्णु ढकालले ट्राफिक प्रहरीले कडाईका साथ मापसे चेकिङ् 

गरिरहेको बताए । उनले पछिल्लो समय चालकहरु सचेत भएकाले कारबाही संख्या घटेको दावी गरे ।‘चालकहरु आफ्नो स्वास्थ्यलाई लिएर सचेत भएको र मापसे सेवन गर्ने समय पनि परिवर्तन गरेको हुनसक्छ । त्यसैले मापसेमा पर्ने चालकहरुको सङ्ख्यामा कमी आएको हो ।’

सवारी नियम २०४९ को दफा ४२ अनुसार मापसे गरेर सवारी चलाउनेलाई कारबाहीस्वरूप लाइसेन्स प्वाल पार्न सकिने ब्यवस्था छ । ५ पटकसम्म मापसे गरी कारबाहीमा परेर लाइसेन्स प्वाल भए लाइसेन्स खारेज हुने ब्यवस्था छ । ट्राफिक प्रहरी कार्यालय मकवानपुरले बितेको आर्थिक वर्षमा नियमविपरीत सवारी चलाउने सवारी साधन चलाउनेबाट एक करोड २६ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।





कमेन्टसहरु




2584349 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top