Sajhakura Dainik - मिसेस मकवानपुरको उपाधि हेटौंडा एकेडेमीकी सिमालाई
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

मिसेस मकवानपुरको उपाधि हेटौंडा एकेडेमीकी सिमालाई


समाचार 18 पटक पढिएको


मिसेस मकवानपुरको उपाधि हेटौंडा एकेडेमीकी सिमालाई


हेटौंडा, २५ साउन÷ बिवाहित महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको मिसेस मकवानपुरको उपाधि हेटौंडा एकेडेमीमा कार्यरत शिक्षिका सिमा तिमल्सिनाले हात पारेकी छन् ।

 साउन ५ गतेदेखि सुरु भएको प्रतिष्पर्धामा तिमल्सिनाले ११ जना प्रतियोगीलाई पछि पार्दै उपाधि रक्षा गर्न सफल भएकी हुन्  । हेटौंडा लेडी जेसीजको आयोजनामा भएको कार्यक्रमको फाइनल सत्र शनिबार साँझ सम्पन्न भएको थियो । हेटौंडा बजारमा देखिएको प्रमुख समस्या के हो भन्ने प्रश्नको उत्तरबाट मिमल्सिनालाई अन्तिम ५ मा छनौट गरिएको थियो । उनले उक्त प्रश्नमा प्रमुख समस्या ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गरेको कुरा उल्लेख गरेकी थिइन् । साथै समाधानको उपाय पनि बताएकी थिइन् । फाइनल राउन्डको प्रश्नमा तिमल्सिनालाई समाजमा नारीको भूमिकाको बारेमा प्रश्न गरिएको थियो उनले उक्त प्रश्नमा नारी समाज परिवर्तनको प्रमुख संवाहकको रुपमा रहेको उल्लेख गरेकी थिइन् । नारीको भूमिकालाई बढाएर समान अवसर दिएको खण्डमा नारीले पनि समाज परिवर्तनमा ठूलो योगदान गर्नसक्ने तर्क प्रस्तुत गरेकी थिइन् । एउटी नारीलाई असल पतिको साथ अपरिहार्य रहेको बताउँदै उनले पति असल भएमा नारीले धेरै काम गर्न सक्ने बताएकी थिइन् ।  प्रतियोगितामा निलु पुलामी मगर फष्ट रनरअप र माया घलान सेकेण्ड रनर अप घोषित भईन् । मिसेस मकवानपुर घोषित भएकी सिमाले नगद ३० हजार, फष्ट रनरअपले नगद २० हजार र सेकेण्ड रनअपले नगद १५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरेका थिए । प्रतियोगितामा भ्युअर च्वाईस अवार्ड सिमा तिमल्सिनाले नै जित्दै नगद १० हजार रुपैयाँ हात पारिन् । मिसेस ट्यालेन्ट रोजी विडारी, डिसिप्लिन नितु दाहाल, फोटो जेनिक सुनिता तामाङ मानन्धर, बेष्ट स्माईल जानुका कार्की सापकोटा, फ्रेण्ड्ली अवार्ड अमिता चौधरीले हात पारेकी छन् । त्यस्तै, बेष्ट कन्फिडेन्ट सिमा तिमल्सिना, बेष्ट स्किन एलिना मानन्धर, बेष्ट डान्स माया घलान, बेष्ट हेयर सपना लामा, क्रियटिभ निलम पुलामी मगर, पपुलर संगिता जोशी डंगोल र बेष्ट पर्सनालिटीको अवार्ड अस्मिता पराजुलीले हात पारेकी छन् । प्रतियोगिताको प्रमुख निर्णायकमा निमेष निखिल, निर्णायकहरुमा सुष्मा थापा, मनिष शाक्य, राजकुमार श्रेष्ठ र डा. सचिता पौडेल रहेका थिए । हेटौंडा लेडि जेसीजकी बर्ष २०१९ की अध्यक्ष सुष्मा लटौला खरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका बर्ष २०१९ का राष्ट्रिय अध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । शृष्टी गोर्खालीको संयोजकत्वमा कार्यक्रम भएको हो ।






कमेन्टसहरु




2584354 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top