Sajhakura Dainik - भदौ पहिलोसाता हेटौंडामा महिला उद्यमी मेला
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

भदौ पहिलोसाता हेटौंडामा महिला उद्यमी मेला


समाचार 97 पटक पढिएको


भदौ पहिलोसाता हेटौंडामा महिला उद्यमी मेला


हेटौंडा÷महिला उद्यमीले उत्पादन गरेको बस्तुहरुको प्रवद्र्धन गर्दै उनीहरुलाई थप हौसला प्रदान गर्ने उद्देश्यले हेटौंडामा श्रृजनशील उद्यमी मेला हुने भएको छ ।

 भदौ ५ गतेदेखि ७ गतेसम्म हेटौंडा पल्पसा सभागृहमा महिला उद्यमीहरुले तयार गरेको हस्तकलाका सामानलगायत विभिन्न उत्पादनको प्रदर्शनी तथा बिक्री गर्न लागिएको हो । मकवानपुर महिला उद्यमी व्यवसायी संघ र महिला शृजनशील केन्द्र काठमाडौंको आयोजनामा हुने उद्यमी मेलामा ५० वटा स्टल रहनेछन् । ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं, घरमा रोजगारीको अवसर शृजना गरौं’ भन्ने नाराका साथ मेला आयोजना गर्न लागिएको मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशीला पाण्डेले जानकारी दिइन् । मेलामा करिब ३० हजार जनाले अवलोकन गर्ने तथा ३० लाखसम्म कारोबार हुने लक्ष्य राखिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष पाण्डेले बताइन् । हरितालिका तीज र दशैंलाई लक्षित गरी आयोजना गरिएको मेलामा महिलाहरुबाट उत्पादित कृषि उपज, दुग्धजन्य पदार्थ, स्थानीय कच्चा पदार्थबाट उत्पादित हस्तकलाका सामाग्री, शृङ्गार सामाग्री, दैनिक उपभोग्य बस्तुलगायत बिक्रीका लागि राखिने आयोजकले जनाएको छ । मेलामा करिब ११ लाख खर्च हुने अनुमान सहित मेलाको तयारी भइरहेको बताउँदै अध्यक्ष पाण्डेले मेलाबाट नाफा कमाउने भन्दा पनि सेवा दिने उद्देश्य राखिएको बताइन् । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख  रघुनाथ खुलाल, संघका सल्लाहकार शर्मिला डंगोल, लक्ष्मी श्रेष्ठ, गणेश कुमारीश्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।






कमेन्टसहरु




2639723 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top