Sajhakura Dainik - क्विक्सकप विद्यालयस्तरीय फुटबल सुरु
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
खेलकुद

क्विक्सकप विद्यालयस्तरीय फुटबल सुरु


खेलकुद 39 पटक पढिएको




हेटौंडा÷ क्विक्स कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता–२०७६ सोमबारबाट हेटौंडामा सुरु भएको छ ।

 जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर)मा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा श्रमिक मावि कर्रा र त्रिभुव मावि हटियाले विजयी सुरुवात गरेका छन् ।कर्राले भुटनदेवी उमाविलाई १–० गोलअन्तरले पराजित गर्दा त्रिभुवन हटियाले त्रिभुवन मावि नवलपुरलाई पनि १–० गोल अन्तरले पराजित गरेको हो । श्रमिकको जितमा एकमात्र निर्णायक गोल ६० औं मिनेटमा प्रितम स्याङ्बोले गरे । खेलको म्यान अफ दी म्याच भुटनदेवीका करण माझी घोषित भए । हटियाको तर्फबाट निर्णायक गोल श्याम लामिछानेले खेलको ५८ औं मिनेटमा गरे । खेलको म्यान अफ दी म्याच हटियाका गोलरक्षक निश्चल भजेल भए । दुवै खेलमा पहिलो हाफ्मा कुनै पनि गोल भएनन् । मैदानको अवस्था खराबहुँदा खेलाडीहरुलाई खेल्न धेरै समस्या परेको थियो । बल गुडिरहेको थिएन भने खेलाडीहरु खाल्डोमा परेर लडिरहेको थियो । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले रेफ्रिलाई बल हस्तान्तरण गर्दै गरेका थिए ।  प्रतियोगिताको उद्घाटन गर्दै मेयर महतले खेलक्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गरिरहेको र आवश्यक भौतिक पूर्वाधार समेत निर्माण गरिरहेको बताए ।  प्रतियोगिताको विजेताले नगद ३० र उपविजेताले नगद १५ हजार रुपैया“सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैया“ प्रदान गरिनेछ । १३ टोली सहभागी प्रतियोगिताको फाइनल खेल भदौ ७ गते हुने आयोजक अध्यक्ष टीकाराम लामाले जानकारी दिए । प्रतियोगिता नकाउट आधारमा सञ्चालन भइरहेको छ ।






कमेन्टसहरु




2639744 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top