Sajhakura Dainik - तरुणले राख्यो कपडा बैंक
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

तरुणले राख्यो कपडा बैंक


समाचार 18 पटक पढिएको




हेटौंडा, २ भदौ÷नेपाल तरुण दल मकवानपुरले हेटौंडा–५ स्थित सानोपोखरा चोकमा कपडा बैंक स्थापना गरेको छ ।

 सोमबार एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन् ।कपडा बैंकमा आफूसँग भएका नयाँ तथा प्रयोग भइसकेका कपडा जोकोहीले राखिदिन सक्छन् भने कपडा आवश्यक हुने जोकोहीले सित्तैमा कपडा लैजान सक्नेछन् । लट्टीनाथ निर्माण कम्पनी हेटौंडाका रवि श्रेष्ठले नयाँ कपडा सौजन्य गरिदिएर कपडा बैंक स्थापना गरिएको हो । तरुण दलले जिल्ला प्रहरी कार्यालय अघि पनि कपडा बैंक स्थापनाको अन्तिम तयारी गरेको जनाएको छ । केहीदिनपछि कपडा उद्योगको उद्घाटन गरिने तरुण दल मकवानपुरका सचिव सन्तोष सापकोटाले जानकारी दिए । पछिल्लो समय हेटौंडासहित देशका विभिन्न भागमा कपडा बैंक स्थापना गर्ने परिपाटीको विकास भएको छ । सानोपोखरा सहित हेटौंडामै मात्र ३ ठाउँमा कपडा बैंक स्थापना गरिएको छ।  लायन्स क्लब अफ हेटौंडा भुटनदेवी तथा मकवानपुरका लियो र लायन्सको संयुक्त पहलमा हेटौंडा—४, सुमार्गी कम्प्लेक्समा कपडा बैंक स्थापना गरिएको भएको छ भने हेटौंडा युवा अभियानको अगुवाई तथा रिलायन्स इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलको सौजन्यमा हेटौंडा ४ हुप्रचौरमा पनि बैंक सञ्चालन गरिएको छ । तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसकी जिल्ला सदस्य इन्दिरा न्यौपाने, कपडा सौजन्यकर्ता व्यवसायी रवि श्रेष्ठ, तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरी, तरुण जिल्ला सदस्य राजकुमार बास्तोलालगायतको उपस्थिति रहेको थियो ।






कमेन्टसहरु




2639780 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top