Sajhakura Dainik - पर्यटन प्रवद्र्वनमा दुई अर्ब ८७ करोड
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

पर्यटन प्रवद्र्वनमा दुई अर्ब ८७ करोड


समाचार 35 पटक पढिएको


पर्यटन प्रवद्र्वनमा दुई अर्ब ८७ करोड


हेटौंडा, १९ भदौ÷प्रदेश–३ सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ मा पर्यटन प्रवद्र्धनको लागि झण्डै तीन अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।

 प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन पूर्वाधार विकास प्रचारप्रसारमा गरी दुई अर्ब ८७ करोड ९५ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।  मन्त्रालयले पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि एक अर्ब एक करोड ५३ लाख ९५ हजार र स्थानीय पर्यटन प्रवद्र्वन कार्यक्रमको लागि ५९ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ । मन्त्रालयका योजना अधिकृत हेम पाठककाअनुसार मन्त्रालयले पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत उपत्यका क्षेत्रका ३ जिल्ला बाहेक १० वटा जिल्लाका एउटा÷एउटा पर्यटकीय गन्तव्य निर्माण गर्ने, प्राचीन गढीहरुको पुननिर्माण गर्ने योजना बनाएको छ । त्यस्तैगरी रसुवा र सिन्धुपाल्चोकको सिमानामा रहेको गुञ्जला पासमा पैदल मार्ग निर्माणको लागि ३ करोड, जुगल र गौरीशंकर हिमालको परिपथ निर्माणको लागि पचास लाख छुट्याइएको छ । १० स्थानमा हिल स्टेशन अन्तर्गत भ्युटावर, बगैँचा, विश्रामघर तथा मनोरञ्जन घर निर्माणको लागि दश करोड रुपैयाँ विनियोजन गरेको छ । शैलुङ पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको लागि एक करोड पचास लाख, हेटौंडामा सिटी भ्यु टावर निर्माणको लागि दुई करोड, रुबी भ्याली गणेश हिमाल पदमार्ग निर्माणको लागि २० लाख रुपैयाँ छुट्याइएको छ । होमस्टे सञ्चालन गर्न चाहनेलाई सीप विकासको तालिम प्रदान गर्न मात्र ३५ लाख छुट्याइएको छ । लोकमार्गको किनाराको होटलमा अतिथि सत्कार र सरसफाईको लागी २० लाख, भिजिट नेपाल २०२०, प्रदेश पर्यटन दशक २०२० देखि २०३० को प्रवद्र्वनात्मक कार्यक्रमको लागि १० लाख र पर्यटन प्रवद्र्वनलाई राष्टिूय तथा अन्र्तराष्टिूय प्रचारप्रसारको लागि ३५ लाख र सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्न २० लाख गरी एक अर्ब एक करोड ५३ लाख ९५ हजार छुट्याएको हो । पाठककाअनुसार स्थानीय पर्यटन प्रवद्र्वन कार्यक्रमअन्तर्गत मन्त्रालयले स्थानीय स्तरमा साना पार्क, पिकनिक स्पोर्ट, ताल र पर्यटकीय पदमार्गलगायतका योजना बनाएको छ । यस्तै प्रदेशमा रहेको ६६ वटा निर्वाचन क्षेत्रमा महोत्सव सञ्चालन गर्न पाँचलाखको दरले तीन करोड ३० लाख रुपैयाँ छुट्याइएको छ । मन्त्रालयले हेटौंडाको सहिद स्मारकको भौतिक पूर्वाधार विकासको लागि एक करोड, हेटौंडा–९ मा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधामको विकासको लागि ३० लाख रुपैयाँ र बीपी सङ्ग्रालयको भौतिक सुधारको लागि एक करोड पचास लाख विनियोजन गरेको छ । हाल नेपाल सरकारले पर्यटन प्रवद्र्वनको लागि भिजिट नेपाल–२०२० लाई सफल बनाउने गरी विभिन्न पर्यटकीय प्रवद्र्वनको काम गरिरहेको छ । सरकारले २०२० मा २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य अनुसार भिजिट नेपाल २०२० सञ्चालनमा ल्याएको हो । सोही उद्देश्य पूरा गर्न तीनै तहका सरकार विभिन्न योजना बनाएर काम गरिरहेका छन् । 






कमेन्टसहरु




2639751 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top