Sajhakura Dainik - विज्ञापन करसम्बन्धी ठेक्का प्रक्रिया स्थगित गर्न उपमहानगरलाई आदेश
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

विज्ञापन करसम्बन्धी ठेक्का प्रक्रिया स्थगित गर्न उपमहानगरलाई आदेश


समाचार 14 पटक पढिएको


विज्ञापन करसम्बन्धी ठेक्का प्रक्रिया स्थगित गर्न उपमहानगरलाई आदेश


हेटौंडा, २० भदौ÷ हेटौंडा उपमहानगरपालिकाले विज्ञापन कर संकलनको लागि आह्वान गरेको ठेक्कामा विवाद भएपछि ठेकेदार कम्पनी अदालत पुगेका छन् ।

  आफ्नो कम्पनीले पेश गरेको बोलपत्रस्वीकृत भई कार्यान्वयनमा जाने अवस्थामा आफूहरुलाई जानकारी नै नदिई पुनः बोलपत्र रद्द गरेको भन्दै मनोजकुमार चुहानले उपमहानगरपालिकाविरुद्ध उच्च अदालत पाटन हेटौंडा इजलाशमा उत्प्रेषण मुद्दा दर्ता गरेका हुन् । चुहानले दायर गरेको मुद्दामाथि सुनुवाई गर्दै उच्च अदालत पाटन हेटौंडा इजलाशले बुधबार विज्ञापनकर सम्बन्धी नयाँ प्रक्रिया तत्काल अघि नबढाउन हेटौंडा उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायधीश टेकराज नेपाल र चण्डीराज ढकालको संयुक्त इजलाशले उक्त आदेश दिएको हो । उपमहानगरले २०७६ जेठ ६ गते सूचना प्रकाशित गरी विज्ञापन कर ठेक्काको बोलपत्र आह्वान गरेकोमा चुहानको कम्पनीको बोलपत्रलाई रितपूर्वक भनी स्वीकृत गरेको थियो । चुहानले वार्षिक २६ लाख रुपैयाँमा विज्ञापन कर संकलनको ठेक्का पाएका थिए । तर, बोलपत्र पेश गर्नेको हस्ताक्षर नै नभेटिएको भन्दै उपमहानगरपालिकाले साउन १३ गते चुहानको कम्पनीको बोलपत्र रद्द गरी अर्को प्रक्रिया सुरु गरेपछि चुहान अदालत पुगेका हुन् ।  रितपूर्वक भनी धरौटीसमेत लिएर स्वीकृत आशयको सूचनासमेत निकालिसकेको अवस्थामा पुनः बोलपत्र अस्वीकृत गर्दा अन्याय भएको भन्दै चुहान अदालत पुगेका हुन् । चुहानको बोलपत्र रद्द गरी साउन १५ गते उपमहानगरले पुनः अर्को बोलपत्र आह्वानको सूचना गरेको थियो । अदालतको आदेशपछि उक्त प्रक्रिया पनि रोकिएको छ । पछिल्लो पटक आह्वान गरिएको सूचनाअनुसार ३ वटा कम्पनीले बोलपत्र पेश गरेका छन् । तर, उनीहरुको मूल्यांकन गरी छनौट भने भइसकेको छैन । चुहानको निवेदनमाथि अन्तिम फैसला नभएसम्म अब कुनै प्रक्रिया अघि बढाउन नमिल्ने भएको छ ।  निवेदकको तर्फबाट अधिवक्ता रुद्र नेपाल र उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता मुकुन्दप्रसाद अधिकारीले बहस गरेका थिए ।






कमेन्टसहरु




2639733 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top