Sajhakura Dainik - जुरिखेतमा सुमो दूर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

जुरिखेतमा सुमो दूर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते


समाचार 39 पटक पढिएको




हेटौंडा, २० भदौ ÷ मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा शुक्रबार दिउँसो टाटासुमो दूर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

 मृत्यु हुनेमा १० महिना नाबालिकासमेत छिन् । सर्लाहीबाट काठमाडौंको लागि छुटेको ना १ ज ३६४० नम्बरको टाटासुमोको टायरेड फुस्किएर अनियन्त्रित भई दिउँसो करिब २ बजेको समयमा सडकबाट करिब ५० मिटर तल खसी दूर्घटना भएको थियो । दूर्घटनामा सर्लाही बरथवा नगरपालिका ३ का ६० वर्षीय महेन्द्र सहनी, महोत्तरी माइस्थान– ६ का ७० बीरसिंह वाइबा र रामेछाप रजनगाउ बस्ने सविता माझीकी १० महिने छोरी सम्रागी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सहनी र वाइबाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने माझीको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १० महिने बालिकाकी आमा वर्ष २२ कि सविता माझी पनि घाइते भएकी छन् । चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै अन्य घाइते हुनेहरुमा सुमो चालक चालक सर्लाही नगरपालिका १५ राजकुमार बस्याल  सिन्धुली २ की २६ वर्षीया अनिता डिम्डुङ, निजको छोरा ६ वर्षीय,  योगबहादुर डिम्डुङ, सर्लाही लालबन्दी १५ का ३० वर्षीय सुकदेव वाइबा, सिन्धुली चैनपुर गाउँपालिका– २ का ५० वर्षीय दलबहादुर हिम्डुङ, सर्लाही बरथवाह ७ का राजकुमार दास, र सर्लाही धनकौली २ का ४० वर्षीया जगरनाथ सहनी रहेका छन । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुमोमा बालबालिकासहित १३ जना सवार रहेकोमा २ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।






कमेन्टसहरु




2639712 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top