Sajhakura Dainik - ‘स्ट्रिङ अप्रेशन’मा २८ जना रंगेहात पक्राउ
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

‘स्ट्रिङ अप्रेशन’मा २८ जना रंगेहात पक्राउ


समाचार 40 पटक पढिएको


‘स्ट्रिङ अप्रेशन’मा २८ जना रंगेहात पक्राउ


हेटौंडा,२० भदौ÷ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाले बितेको आर्थिक वर्ष २०७५७६ मा ‘स्ट्रिङ अप्रेशन’ मा २८ जनालाई रंगेहात घुस रकमसहित पक्राउ गरेको छ ।

 प्रदेश २ र ३ का गरी ११ जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको अख्तियार हेटौंडा कार्यालयले एक वर्षमा २० वटा ‘स्ट्रिङ अप्रेशन’ सञ्चालन गरेकोमा  २८ जनालाई रंगेहात पक्राउ गर्न सफल भएको हो ।  पक्राउ परेका २८ जनाबाट ४६ लाख ९७ हजार पाँच सय रुपैयाँ घुस रकम अख्तियारले बरामद गरेको जनाएको छ । ‘स्ट्रिङ अप्रेशन’को क्रममा एक हजार पाँच सय रुपैयाँदेखि २४ लाख २२ हजार रुपैयाँसम्मको घुस रकमसहित पक्राउ गरिएको अख्तियार हेटौंडा कार्यालयका प्रवक्ता देवकुमार राईले जानकारी दिए ।  अख्तियारको दुरुपयोग गरेको एवं गैर कानुनी लाभहानीमा संलग्न भएको भन्दै गरिएको स्टिङ अप्रेशनका घटना र पक्राउ पर्नेको संख्या आर्थिक वर्ष २०७३÷०७४ र अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को भन्दा २०७५÷७६ मा बढेको पाइएको छ । आब २०७३÷०७४ मा सात र २०७४÷०७५ मा १२ जना रंगेहात पक्राउ परेका थिए । दुई आर्थिक वर्षमा १५ वटा ‘स्ट्रिङ अपरेशन’ गरिएको थियो । गत आर्थिक वर्षमा ‘स्ट्रिङ अप्रेशनसँगै पक्राउ पर्नेको सङ्ख्यामा पनि वृद्धि भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा ‘स्ट्रिङ अप्रेशन’का क्रममा रकमसहित रंगेहात पक्राउ पर्नेमा कार्यालय सहयोगी, शिक्षकदेखि जनप्रतिनिधि र इन्जिनियरसम्म रहेका छन् । एकाघरको श्रीमान् श्रीमती, मामा–भाञ्जा पनि सँगै पक्राउ परेका छन् भने प्रहरी हवल्दार, पूर्व कर्मचारी, लेखापढी गर्ने, जेलरलगायत पनि घुस रकमसहित पक्राउ परेको अख्तियार हेटौंडा कार्यालयले जनाएको छ । गत आबमा सबैभन्दा बढी बारा जिल्लामा नौ वटा ‘स्ट्रिङ अप्रेशन’ गरिएकोमा १२ जना पक्राउ परेका थिए । पर्सा जिल्लामा पाँच वटा ‘स्ट्रिङ अप्रेशन’मा नौ जना घुस रकमसहित रंगेहात पक्राउ गरिएको थियो । यस्तै मकवानपुर र चितवनमा दुइ–दुई र रुपन्देहीमा एउटा ‘स्ट्रिङ अपरेशन’ गरिएकोमा सात जनालाई पक्राउ गरी मुद्दा चलाइएको अख्तियार हेटौंडाका प्रवक्ता राईले बताए ।  अख्तियारको हेटौडा कार्यालय २०७० असोजमा स्थापना गरिएको थियो । कार्यालयले हाल प्रदेश ३ को उपत्यका तीन जिल्ला र सिन्धुलीबाहेक नौ जिल्ला र प्रदेश दुईको बारा र पर्सा गरी ११ जिल्लालाई कार्यक्षेत्र बनाई काम गरिरहेको छ । आयोगको बर्दिबासमा सथापना गर्रिको कार्यालयले रौतहट र सिन्धुली जिल्ला हेर्दै आएको छ । 






कमेन्टसहरु




2639778 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top