Sajhakura Dainik - क्रिकेट संघ प्रदेश ३ मा बस्नेतको नेतृत्व
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

क्रिकेट संघ प्रदेश ३ मा बस्नेतको नेतृत्व


समाचार 9 पटक पढिएको


क्रिकेट संघ प्रदेश ३ मा बस्नेतको नेतृत्व


हेटौंडा÷ नेपाल क्रिकेट संघ प्रदेश ३ को अध्यक्षमा राजु बस्नेत निर्वाचति भएका छन् ।

 शनिबार भएको विशेष साधारणसभा तथा अधिवेशनबाट काठमाडौं बस्नेत निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा मकवानपुरमा प्रेमबहादुर क्षेत्री निर्विरोध चयन भएका छन् । सचिवमा दुर्गा राज पाठक र कोषाध्यक्षमा अनिल अधिकारी निर्वाचितहुूदा सदस्यहरुमा महेश्वरी डंगोल, प्रज्वल सापकोटा, सुदीप पिया, रुपक रञ्जित, सुजन महर्जन, अजय बीर पाण्डे, अनुज मान श्रेष्ठ, राजु गुप्ता र उमेश पिया चयन भएका छन् । क्रिकेट संघ मकवानपुरको अध्यक्ष बाशुलाल श्रेष्ठको अध्यक्षता तथा प्रदेश तीनका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको विशेष साधारणसभामा क्यान अध्यक्ष चतुरबहादुर चन्द, प्रादेशिक खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी तथा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य तथा क्रिकेट संघ मकवानपुरका संस्थापक अरुणराज सुमार्गीलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि बानियाँले पछिल्लो समय विश्वमा क्रिकेटको क्रेज बढिरहेको समयमा नेपालमा संघ निलम्बनको अवस्थामा रहनु दुःखद् भएको टिप्पणी गरे । बानियाँले क्रिकेट खेलको माध्यमबाट नेपालले आफ्नो छुटै पहिचान बनाउनुपर्ने बताउँदै क्रिकेटको विकासमा राजनीति बाधक भएकाले संघभित्र रहेको भ्रष्टाचारलाई हटाएर अगाडि बढ्न नेतृत्व तहलाई सुझाव दिएका थिए । अध्यक्षमा निर्वाचित भएसँगै बस्नेतले आफू लामो समयदेखि क्रिकेटलाई नजिकबाट नियालिरहेको बताउँदै क्रिकेटको विकासमा सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए । उनले क्रिकेट खेलाडीको उत्पादन बढिरहेको र प्रतियोगिता नभइरहेको अवस्थामा अब राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न आफ्नो समितिले काम गर्ने दावी गरे ।






कमेन्टसहरु




2639721 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top