Sajhakura Dainik - पर्यटकीय नगरीमा छैन एटीएम सेवा
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

पर्यटकीय नगरीमा छैन एटीएम सेवा


समाचार 15 पटक पढिएको


पर्यटकीय नगरीमा छैन एटीएम सेवा


हेटौंडा÷ नेपाल सरकारले पर्यटन भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहँदा मकवानपुर जिल्लाका विभिन्न पर्यटकीय गन्त्व्यमा भने सानासाना सुविधाको समेत अभाव रहेको छ ।

 मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा चिनिन्छ । थाहानगरको सिमभञ्ज्याङ, दामान, पालुङ, बज्रबाराही, चित्लाङ र मार्खु क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहँदा त्यसक्षेत्रमा एटीएम सेवा भने उपलब्ध छैन । थाहा नगरको शिखरकोटस्थित प्रहरी कार्यालय अगाडि महालक्ष्मी विकास बैंकको एउटा मात्र एटीएम सेवा रहेको भएपनि त्यो त्यसक्षेत्रका लागि पर्याप्त नभएको थाहा उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए । थाहा नगरभित्र पाँचवटा बाणिज्य बैंक करिब तीनदर्जन सहकारी सञ्चालनमा रहेको र बार्षिक बैंकहरु दुई करोडभन्दा बढी नाफा कमाइरहेको अवस्थामा सेवाग्राहीलाई आवश्यक सेवा बैंक तथा वित्तिय संस्थाहरुले प्रदान नगरेको उनको गुनासो छ । ‘प्रदेश सरकारले समेत थाहानगरको विभिन्न स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरिसकेको छ । अब पर्यटकीय गन्तव्य भएका स्थानमा एटीएम सेवा सञ्चालन गर्नुपर्ने देखिन्छ ।’, थाहा नगरपालिकाका मेयर लवशेर विष्टले दामान, बज्रबाराही, चित्लाङ तथा मार्खुक्षेत्रमा एटीएमको टड्कारो अवश्यकता देखिएको बताए । थाहानगर होटल एसोसिएसन अध्यक्ष शिवकुमार खत्रीले एटीएम सेवा नहुूदा पर्यटन व्यवसाय सञ्चालनमा समेत समस्या परिरहेको बताए । ‘धेरैपटक होटलमा बसिसकेपछि एटीएम नभएको कारण हामीले बैंकमार्फत् पैसा लिने गरी घुम्न आउनेहरुलाई बिदाई गर्ने गरेका छौं ।’, उनका अनुसार एटीएम सेवा उपलब्ध होला भन्नेर पर्यटकहरु घुम्न आउने गरेको भएपनि एटीएम नहुूदा यात्रा नै खल्लो हुने अवस्था त्यसक्षेत्रमा देखिन्छ । ‘दामनबाट शिखरकोट पैसा निकाल्न आउजाउ गर्दा करिब डेढ घण्टा लाग्छ । यसरी कहाूबाट पर्यटन व्यवसाय अगाडि बढ्छ ।’, उनका अनुसार मार्खुबाट एटीएमको भएको स्थान पुग्न करिब डेढ घण्टा लाग्ने हुँदा व्यापक समस्या देखिने गरेको बताए । हाल प्रदेश ३ सरकारले घुम्न जाऔं दामान वर्ष २०१९ समेत मनाइरहेको छ । पछिल्लो समय हेटौंडा प्रदेश ३ को मुकाम भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको हेटौंडा आगमन बढिरहेको छ । यस्तो अवस्थामा हेटौंडाका बैंकहरुबाट अधिकांश एटीएम प्रयोगकर्ताहरुले रातको समयमा पैसा निकाल्न नपाएको गुनासो गरिरहेका छन् । बैंकहरुले रात परेसूगै एटीएम सेवा बन्द गर्नेहुूदा एटीएमबाट रातको समयमा पैसा निकाल्न हेटौंडामा असम्भव नै रहेको उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले बताए । उनले सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहेको समयमा यस्ता सानासाना विषयलाई पनि बैंकहरुले गम्भीरता पूर्वक लिन जरुरी रहेको बताए ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख तथा उपरीक्षक मुकेशकुमार सिंहले हेटौंडाको मुख्यमुख्य चोकहरुमा २४ सै घण्टा सुरक्षाकर्मी राखिएको बताउँदै रातको समयमा एटीएम सञ्चालन गर्दा सुरक्षाको हिसावले कुनै समस्या नरहेको बताए । बैंक, वित्तीय संस्था र बजारको मुख्य चोकहरुको सुरक्षालाई विशेषरुपमा राखिएको र रातभर एटीएम सञ्चालन गर्न कुनै समस्या छैन नरहेको सिंहले बताए । हेटौंडा यातायातको ट्रान्जिटको रुपमा रहेको र प्रदेशको राजधानी भएसँगै रातको समयमा एटीएमबाट पैसा निकाल्न नपाएको गुनासो आफूसँग पनि धेरै पटक आइसकेको बताए । 






कमेन्टसहरु




2639764 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top