Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

मल नपाउँदा मकै उत्पादनमा कमी


समाचार पटक पढिएको


मल नपाउँदा मकै उत्पादनमा कमी


हेटौंडा÷ समयमा नै रासायनिक मल नपाउँदा त्यसको प्रत्यक्ष असर मकैको उत्पादनमा परेको छ ।

मकैको बीउ उत्पादनको पकेट क्षेत्र मानिएको हेटौंडा उपमहानगरपालिका १२ र १३ का किसानको बारीमा यसवर्ष मकै उत्पादन घटेको छ । बैशाखमा लगाएको मकैमा समयमा आवश्यकताअनुसार मल हाल्न नपाउँदा मकैको धेरै बोट मरेको तथा भएका बोटमा पनि सानो घोगा लागेको कारण उत्पादनमा कमी आएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ भोर्लेका किसान चन्द्रबहादुर घलानले बताए । मकैको उत्पादनमा कमी आएको प्रारम्भिक तथ्यांक प्राप्त भएपनि एकिन विवरण भने आगामी कात्तिक महिनासम्म आइपुग्ने हेटौंडा–१२ स्थित मकैको बीउ संकलन गर्दै आएको गुप्तेश्वरी कृषि सहकारी सस्ंथाले जनाएको छ । सहकारीकी अध्यक्ष बसुन्धरा लामाले मकै उत्पादनको पकेट क्षेत्र भनिएपनि मकै उत्पादनको लागि आवश्यक मल उपलब्ध नगराइदिँदा उत्पादनमा कमि आएको बताइन् । ‘अहिले त झन् कृषि सामाग्री केन्द्र पनि बीउ बिजनमा मर्ज भएछ, मल माग गर्दा हाम्रो सस्ंथा मर्ज भइसक्यो अब केहि समय पर्खनु भन्छन् । हिउँदे मकै, कोदो र धानलाई समेत मल पाइएको छैन,’ उनले भनिन् । पदमपोखरीमा अहिले हिउँदे मकै, कोदो र धानमा मल हाल्ने बेला भएको छ । तर मलको अभावले गर्दा किसानहरु चिन्तित बनेका छन् । किसानहरुले उत्पादन गरेका मकैको बीउ संकलन गरेर बिक्री गर्ने , किसानलाई मकैको बीउ सस्तो दरमा उपलब्ध गराउनुको साथै आवश्यक मल अनुदानमा वितरण गर्ने गुप्तेश्वरी कृषि सहकारी सस्ंथामा हाल दैनिक ३० जना भन्दा बढी किसानहरु मल लिन धाउने गरेका छन् । तर, मल नपाएपछि उनीहरु रित्तो हात फर्कने गरेका छन् । सहकारीकी व्यवस्थापक सरिता अधिकारीका अनुसार बर्खे मकैको लागि पनि सहकारीले किसानहरुको मागअनुसार मल वितरण गर्न सकेको थिएन । ‘किसानहरु सहकारीले मल दिन्छ भनेर लिन आउछन् , कृषि सामाग्रीबाट मल नआएपछि हामीले कसरी दिनु ? मल आउँदा पनि जम्मा ६० बोरा आउँथ्यो तर मल लिने किसान बिहानैदेखि दुईसय जना भन्दा बढी लाइनमा हुन्थे । मल छैन भन्दा सहकारीले दिएन भनेर आक्रोश पोख्ने गर्थे ।’ अधिकारीले भनिन् । मल अभावकै कारण मकै उत्पादनमा कमी आएर निराश बनेका किसानलाई अहिले पनि मल वितरण गर्न नसकेको उनले बताइन् । उनले बर्खामा करिब एकहजार पाँच सय बोरा मल माग भएकोमा सहकारीले ६ सय बोरा मात्रै मल वितरण गर्न सकेको थियो । अहिले पनि सहकारीमा किसानहरुले करिब सातसय बोरा मलको माग छ । उनले गत जेठ अन्तिदेखि असार पहिलो हप्तासम्म सहकारीलाई किसानलाई मल दिन नसक्दा समस्या भएको समेत बताइन् । किसानले मल नपाएर जितपुर गएर आठसय पचासमा हामीले बिक्री गर्ने मल एकहजार ६ सय तिरेर पनि ल्याएको कुरा सुनाइन् । २०७३ साल चैत्त महिनामा तत्कालीन कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरणअन्तर्गत पदमपोखरीलाई मकैको बीऊ उत्पादनको लागी पकेट क्षेत्रको रुपमा घोषणा गरेको थियो । घोषणा गरेको पहिलो वर्ष आर्थिक वर्ष २०७३÷७४ मा एकसय तीन टन मकैको बीऊ संकलन गरेको सहकारीले ४१ टनमात्रै बिक्री गर्न सकेकोथियो । सहकारीकी व्यवस्थापक अधिकारीले सो वर्षमा सहकारीले विभिन्न कार्यक्रमअन्तर्गत रहेर किसानहरुसँग ३५ रुपैयाँ प्रतिकिलोमा मकैको बीउ खरिद गरेको थियो तर ४१ टन भन्दा बढी बिक्री गर्न नसकेपछि बाँकी मकै १८ रुपैयाँ किलोमा खानका लागि बिक्री गरेको गर्नु परेको थियो । आर्थिक वर्ष २०७३÷७४ मा बीउ बिक्रीबाट घाटा व्यहोरेको सहकारीले ०७४÷७५ मा १० टन मात्रै बीउ संकलन गरेको थियो । ती संकलित बीउ सहकारीले चितवन, सिन्धुली , नुवाकोट, रसुवा र ललितपुरलगायतका जिल्लाहरुमासमेत बिक्री गरेको थियो । सहकारीले रामपुरबाट किनेर ल्याएर सस्तोमा किसानहरुलाई मकैको बीउ बिक्री गर्ने गरेको छ । आर्थिक वर्ष ०७३÷७४ मा रामपुरबाट ८० रुपैयाँ प्रतिकिलोमा किनरे ल्याएर विभिन्न निकायबाट प्राप्त अनुदानअन्तर्गत ४० रुपैयाँ प्रतिकिलोमा किसानलाई बीउ उपलब्ध गराएको सहकारी गत वर्ष भने त्यस्तो गर्न सकेन । किसानहरुलाई कम रकममा बीउ वितरण गर्न कुनै पनि सरोकारवाला सहयोग नगरेपछि सहकारीले अनुदानमा बीउ वितरण गर्न नसकेको हो ।





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


मल नपाउँदा मकै उत्पादनमा कमी - 2019-08-20

हेटौंडा÷ समयमा नै रासायनिक मल नपाउँदा त्यसको प्रत्यक्ष असर मकैको उत्पादनमा परेको छ ।

तरुणले राख्यो कपडा बैंक - 2019-08-20

हेटौंडा, २ भदौ÷नेपाल तरुण दल मकवानपुरले हेटौंडा–५ स्थित सानोपोखरा चोकमा कपडा बैंक स्थापना गरेको छ ।

पर्यटनको लागि छुट्याइएको ६४ प्रतिशत बजेट खर्चै भएन - 2019-08-18

हेटौंडा, ३२ साउन÷ प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतका पर्यटन विकास आयोजनाले बितेको आर्थिक बर्ष २०७५÷०७६ मा पर्यटन क्षेत्रमा छुटयाइएको बजेट पर्याप्त खर्च गर्न नसकेको पाइएको छ ।

‘अनिवार्य प्यानले दैनिक ज्यालादारी श्रमिक मारमा’ - 2019-08-18

हेटौंडा, ३२ साउन÷ सरकारले लागू गरेको अनिवार्य व्यक्तिगत प्यान नम्बरको व्यवस्थाले दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेको गुनासो गरिएको छ ।

संघीय सरकारप्रति मन्त्री जम्कट्टेलको असन्तुष्टी - 2019-08-16

हेटौंडा, ३० साउन÷ प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले संघीय सरकारले प्रदेश सरकारलाई बेवास्ता गरेको भन्दै असन्तुष्टी पोखेका छन् ।

८ दिनपछि चल्यो हेटौंडा सिमेन्ट - 2019-08-16

हेटौंडा, ३० साउन÷ भट्टीको फायर ब्रिक्स् खसेपछि आठ दिनअघि बन्द भएको सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ ।

मकवानपुरबाट एक अर्ब ३८ करोड रुपैयाँ फिर्ता - 2019-08-14

हेटौंडा, २८ साउन÷ संघीय सरकारले गत आर्थिक वर्ष २०७५÷७६ मा मकवानपुरका विभिन्न कार्यालय र स्थानीय तहमा पठाएको एकीकृत विनियोजनतर्फको एक अर्ब ३८ करोड ४४ लाख रुपैयाँ फिर्ता भएको छ ।

भदौ पहिलोसाता हेटौंडामा महिला उद्यमी मेला - 2019-08-14

हेटौंडा÷महिला उद्यमीले उत्पादन गरेको बस्तुहरुको प्रवद्र्धन गर्दै उनीहरुलाई थप हौसला प्रदान गर्ने उद्देश्यले हेटौंडामा श्रृजनशील उद्यमी मेला हुने भएको छ ।

प्रदेशका एक सय १९ वटा विद्यालयमा नर्सको सेवा - 2019-08-13

हेटौंडा, २७ साउन÷ सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालयमै सामान्य किसिमका स्वास्थ्य उपचार सेवा तथा स्वास्थ्यबारे ज्ञान दिने उद्देश्यले प्रदेश–३ सरकारले सञ्चालन गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको सेवा विस्तार गरिने भएको छ ।


2584322 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top