Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साझा सरोकार

बाढीपीडितलाई राहत वितरण


साझा सरोकार पटक पढिएको




हेटौंडा÷नेपाल महिला संघ मकवानपुरले ७२ औं स्थापना दिवसको अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिका–५ का बाढीपीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ ।


अविरल वर्षाका कारण गएको बाढीपहिरोले घर भत्केका भीमफेदी गाउँपालिका–५ दमार, बासथला टोलका १० घरपरिवारलाई महिला संघ मकवानपुर र कांग्रेस भीमफेदी गाउँपालिकाले संयुक्त जस्तापाता, चामल, तेल, नुन, चाउचाउ, बिस्कुट, भाँडाकुँडा, लत्ताकपडालगायतका सामाग्री वितरण गरिएको हो । 

महिला संघ मकवानपुर सभापति लक्ष्मी श्रेष्ठको सभाध्यक्षता एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै डिनाले स्थापना दिवसमा बाढीपीडितलाई राहत वितरण गर्नु सराहनीय भएको बताइन् । कांग्रेसले देशैभर विपतमा परेकाहरुलाई सहयोग गरिरहेको उनले बताइन् । 

कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, भीमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठ, नेपाल महिला संघ २ नम्बर क्षेत्रीय अध्यक्ष शान्ता बिक, भीमफेदी गाउँपालिका सहसंयोजक सुमित्रा थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा महिला विभाग प्रमुख अमृता थापा मगर, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेता नारायण थापामगर, जगतसिं वाईबा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, गौतम समाज ३ नम्बर प्रदेशका अध्यक्ष होमनाथ गौतम, महिला संघ नगर अध्यक्ष लक्ष्मी गौतम, नेपाल ट्रेड युनियन मकवानपुरकी उपाध्यक्ष शर्मिला श्रेष्ठ, एकल महिला संयोजक टीका पौडेल, मनहरी गाउँपालिका अध्यक्षका प्रत्यासी शंकर न्यौपाने, महिला नेतृ गोरीमाया लामा, तरुण दल भीमफेदी गाउँपालिका संयोजक मित्रबन्धु सिंजालीलगायतको उपस्थिति रहेको थियो ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बाढीपीडितलाई राहत वितरण - 2019-08-10

हेटौंडा÷नेपाल महिला संघ मकवानपुरले ७२ औं स्थापना दिवसको अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिका–५ का बाढीपीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ ।

फिटनेश संघ अध्यक्षमा भेटवाल - 2019-08-10

हेटौंडा, २४ साउन÷ मकवानपुर शारीरिक सुगठन तथा फिटनेश संघको १२ औं साधारणसभा तथा पाँचौ अधिवेशनबाट निवार्चित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश–३ को मुख्यन्यायधिवक्तामा थपलिया - 2019-07-29

हेर्टौंडा, १२ साउन÷ प्रदेश नम्बर ३ को मुख्य न्यायधिवक्ताको रुपमा वरिष्ठ अधिवक्ता ओमप्रसाद थपलियाले सपथ ग्रहण गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ गठन - 2019-07-29

हेटौंडा, १२ साउन÷ होटल तथा पर्यटन व्यवसायी संघ नेपाल प्रदेश नम्बर ३ को पहिलो अधिवेशन काभ्रेको बनेपामा सम्पन्न भएको छ ।

पशुपालनमा प्रदेशको चासो - 2019-07-29

३ नम्बर प्रदेश सरकारले आफ्नो प्रदेशलाई आगामी चार वर्षभित्र माछा, मासु, अण्डा, दूधमा आत्मनिर्भर बनाउने नीति लिएबमोजिम पशुपालनमा अनुदान वितरण गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखिएको छ ।

खुल्यो मकवानपुर क्याम्पसको ताला - 2019-07-28

हेटौंडा÷मकवानपुर बहुमुखी क्याम्पसमा शुक्रबार लगाइएको ताला खुलेको छ । नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै तालाबन्दी गरेकोमा माग पूरा गर्ने सहमति भएपछि ताला खुलेको हो ।

बाढीपहिरो पीडित भन्छन्ः राहत पाइएन - 2019-07-28

हेटौंडा, ११ साउन÷ मकवानपुरगढी गाउँपालिका–१ नम्बर वडाका बाढीपहिरो पीडितले आफूहरुले राहत नपाएको गुनासो गरेका छन् । बाढीपहिरोका कारण विस्थापित हुँदा पनि राज्यले बेवास्ता गरेको उनीहरुको भनाइ छ ।

स्थानीय तहलाई दृष्टिबिहीनमैत्री बनाउनुपर्नेमा जोड - 2019-07-28

हेटौंडा÷स्थानीय तहहरु दृष्टिबिहीनमैत्री हुनुपर्नेमा जोड दिइएको छ । जनप्रतिनिधिहरुलाई त्यसतर्फ लाग्न ध्यानाकर्षण गराइएको छ । नेपाल नेत्रहीन संघले शुक्रबार हेटौंडामा जनप्रतिनिधिहरुको लागि अभिमुखीकरणको आयोजना गर्दै दृष्टिबिहीन मैत्री स्थानीय शासनमा जोड दिइएको हो ।

बीपीको स्मृति दिवसमा ४० जनाले गरे रक्तदान - 2019-07-24

हेटौंडा÷नेपाली काँग्रैसका संस्थापक सभापति एवम् पूर्वप्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा नेपाल तरुण दल मकवानपुरले मंगलबार वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


2584355 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top