Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाज

हिमचुली सहकारीको १३ औं साधारणसभा सम्पन्न


समाज पटक पढिएको




हेटौंडा÷ हेटौंडा–१६, चिसापानीमा रहेको हिमचुली कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

 साधारणसभामा संस्थाका अध्यक्ष ठाकुरदत्त खतिवडाले संस्थागत प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक नविनराज दाहालले आव ०७५÷०७६ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा ज्येष्ठ शेयर सदस्य भक्तकुमारी धिताल, हरीप्रसाद बास्तोला र असली बचतकर्तामा चेतकुमारी तिमल्सिनालाई सम्मानित गरिएको थियो ।  हेटांैडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष ठाकुरदत्त खतिवडाको अध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा हेटौडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य कृष्णबहादुर राई, चिसापानी बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा, जनप्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ र्चालागाई, चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालक सदस्य भीमप्रसाद पुडासैनी, संस्थाका सचिव ठाकुरप्रसाद नेपाल, प्रकाशमान सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । एकसय १७ जना शेयर सदस्य रहेको संस्थाले आव ०७५÷०७६ मा ३१ लाखको कारोवार गरेको संस्थाले जनाएको छ ।





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हिमचुली सहकारीको १३ औं साधारणसभा सम्पन्न - 2019-08-18

हेटौंडा÷ हेटौंडा–१६, चिसापानीमा रहेको हिमचुली कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

सरकारी कार्यालयमा विद्युत् दुरुपयोग - 2019-08-16

हेटौंडा, ३० साउन÷ मुलुकले विद्युत् घाटा व्यहोरिरहेको बेला सरकारी कार्यालयहरुले भने विद्युत्को दुरुपयोग गरिरहेका छन् ।

हेटौंडा–भरतपुर प्रशारण लाइनको काम ठप्प - 2019-08-16

हेटौंडा, ३० साउन÷ भारतीय ठेकेदार कम्पनीले काममा ढिलाई गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौंडा–भरतपुर–बर्दघाट २२० केभीए प्रशारण लाइनअन्तर्गत् हेटौंडा–भरतपुर खण्डको काम ठप्प भएको छ ।

विजनेस नहु“दा बैठक बस्न सकेन - 2019-08-14

हेटौंडा÷ सरकारले विजनेस दिन नसक्दा प्रदेश ३ को प्रदेशसभा बैठक डेढ महिनादेखि बस्न सकेको छैन ।

प्रदेश–३ मा सूचना आयोग नरहने - 2019-08-14

हेटौंडा÷३ नम्बर प्रदेशमा ‘प्रदेश सूचना आयोग’ नरहने भएको छ ।

सामुदायिकमा पढेकालाई प्रवेश परीक्षामा सहुलियत - 2019-08-13

हेटौंडा, २७ साउन÷गत चैत २६ गते प्रदेशसभामा पेश भएको मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश–३ को शिक्षा, स्वास्थ्य तथा कृषि समितिले संशोधनसहित पारित गरेको छ ।

रानी वनले बनायो प्रतिक्षालय - 2019-08-13

हेटौंडा÷सवारी साधनमा यात्रा गर्ने यात्रु, बटुवा र स्थानीयको सेवा सुविधालाई मध्यनजर गर्दै हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले प्रतिक्षालय निर्माण गरेको छ ।

हेटौंडाका विभिन्न स्थानमा अर्बौको विद्युतीय सामग्री अलपत्र - 2019-08-12

हेटौंडा, २६ साउन÷ नेपाल विद्युत् प्राधिकरण केन्द्रीय स्टोर्स हेटौंडाले भण्डारण गर्ने स्थानको अभाव भएको भन्दै अर्बौको विद्युतीय सामग्री अलपत्र अवस्थामा छाडेको छ ।

लायन्स तथा लियो क्लवको पदस्थापना - 2019-08-11

हेटौडा, २५ साउन÷ मकवानपुरका सम्पूर्ण लायन्स तथा लियो क्लवको संयुक्त रुपमा पदस्थापना गरिएको छ ।


2584289 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top