Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

राष्ट्रिय औद्योगिक मेलाबाट ६३ लाख आर्जन


अर्थ / व्यापार पटक पढिएको


राष्ट्रिय औद्योगिक मेलाबाट ६३ लाख आर्जन


हेटौंडा÷गत फागुनमा हेटौंडाको क्याम्पाडाँडामा आयोजना गरिएको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट आयोजकले ६३ लाख रुपैयाँ बचत गरेको छ । मेला आयोजक मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण हिसाब सार्वजनिक गरेको हो ।

बचत भएको रकममध्येबाट संघले पल्पसा हलमा निर्माण हुँदै गरेको अतिथि सदन निर्माणका लागि ५८ लाख ४२ हजार ६ सय ३४ रुपैयाँ छुट्याएको छ । नियमिततर्फ संघलाई ४ लाख ५२ हजार ३ सय २८ रुपैयाँ नाफा भएको जनाइएको छ । मेलाबाट नियमिततर्फ ३२ लाख २७ हजार ६० रुपैयाँ र अतिथि सदन निर्माणतर्फ एक करोड ७ लाख ५ हजार ४ सय रुपैयाँ आम्दानी गरिएको संघ अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । संघले जम्मा एक करोड ४० लाख १३ हजार २ सय ६० रुपैयाँ  आम्दानी गरेकोमा ७७ लाख १८ हजार २ सय ९६ रुपैयाँ खर्च भएको जनाएको छ । अतिथि सदन निर्माणको लागि सहयोग संकलनकै लागि मेला आयोजना गरिएकोमा दाताबाट राम्रै सहयोग पाइएको संघका अध्यक्ष कटुवालले बताए । अतिथि सदन निर्माणको लागि दाताले नगद तथा विभिन्न निर्माण सामग्री सहयोग गरेको उनले बताए ।
संघले पल्पसा सभागृहसँगै १५ धुर जग्गामा ३२ कोठा र १ अत्याधुनिक सभाहलसहितको ५ तल्ले भवन निर्माणको लक्ष्यका साथ अघि बढेको छ । भवन २ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । भवन निर्माणको लागि करिब ५ करोड खर्च हुने र त्यसको लागि आर्थिक व्यवस्थापनको काम भइरहेको अध्यक्ष कटुवालले बताए । संघले गत फागुन १८ गतेदेखि २८ गतेसम्म मेला आयोजना गरेको थियो ।


सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


राष्ट्रिय औद्योगिक मेलाबाट ६३ लाख आर्जन - 2019-05-24

हेटौंडा÷गत फागुनमा हेटौंडाको क्याम्पाडाँडामा आयोजना गरिएको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट आयोजकले ६३ लाख रुपैयाँ बचत गरेको छ । मेला आयोजक मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण हिसाब सार्वजनिक गरेको हो ।

पुनर्निर्माणमा आठ अर्ब नौ करोड ६८ लाख रुपियाँ खर्च - 2019-04-26

हेटौंडा÷ मकवानपुरमा मात्र पुनर्निर्माणको क्षेत्रमा आठअर्ब नौकरोड ६८ लाख ८० हजार रुपियाँ खर्च भएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत्को जिल्ला आयोजना कार्यान्वयन इकार्इं मकवानपुरको आयोजनामा चौथो गोरखा भूकम्प स्मृति कार्यक्रमको सन्दर्भमा दिइएको जानकारी अनुसार उक्त रकम मकवानपुर जिल्लाको पुनर्निर्माणको क्षेत्रमा खर्च भएको हो ।

अब सूचीकृत नभएको बीउ बिक्री गरे कारबाही - 2019-04-21

हेटौंडा, ७ वैशाख÷ अबैध रुपमा कुनै पनि कृषिजन्य बिउ बिक्री वितरण रोक्न प्रदेश सरकारले कडाई गर्ने भएको छ । प्रदेश ३ सरकारले सूचीकृत नभएको बीउ बिजन बिक्री गरे वा गराएमा जरिवाना गर्ने गरी विधेयक ल्याउने लागेको छ ।

- 2019-04-21



अनुष्ठानबाट २ करोड १० लाख - 2019-04-02

हेटौंडा÷मानवसेवा आश्रमले गत फागुन १२ गतेदेखि २० गतेसम्म आयोजना गरेको मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठानको कूल आम्दानी २ करोड १० लाख ७१ हजार ६ सय ३१ रुपैया“ रहेको मूल आयोजक समितिले जानकारी दिएको छ ।

फलफूलको बोट नै बिक्न थाल्यो - 2019-03-25

हेटौँडा÷भर्खरै फूल खेल्न थालेका आँप, लिच्चीलगायतका फलफूलको बोट नै बिक्री हुन थालेको छ । व्यापारीहरु गाउँगाउँमा पुगेर फलफूलको बोट नै किन्न थालेपछि किसानहरु दंग परेका छन् ।

औद्योगिक व्यापार मेलामा ५ करोडको कारोबार, १ लाखले गरे अवलोकन - 2019-03-13

हेटौंडा, २८ फागुन÷ कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले हेटौंडामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५ करोडको कारोबार भएको छ ।

हेटौंडामा जुत्ता चप्पल व्यापार मेला - 2019-03-13

हेटौंडा, २८ फागुन÷ स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन र बिक्रीको लागि हेटौंडामा मंगलबारदेखि जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा फुटवेयर एशोसियसनको समन्वयमा सुरु भएको मेला २० दिनसम्म चल्नेछ ।

माघको दोस्रो साता हर्नामाडीमा खाद्य मेला - 2019-01-09

हेटौंडा, २४ पुस÷ हेटौंडा–१८ हर्नामाडीमा रहेको ज्योति माध्यमिक विद्यालयमा माघको दोस्रो साताबाट खाद्य मेला हुने भएको छ ।


2584333 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top