Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अन्तर्वार्ता

सम्मेलनले पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ


अन्तर्वार्ता पटक पढिएको


सम्मेलनले पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ


गणेश भेटवाल // हेटौंडामा भदौको ६ र ७ गते नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हुँदैछ ।

 नेतृत्व र व्यक्तित्व विकास गर्ने लक्ष्यका साथ हुने सम्मेलनमा ३२ वटा शाखाका करिब ८ सय युवाहरुको सहभागिता रहनेछ । बस्तीपुर जेसीजको आतिथ्यतामा हेटौंडाको पूजा पार्टी प्यालेसमा सम्मेलन हुन लागेको हो । हेटौंडामा हुने सम्मेलनको तयारीको लागि विभिन्न उपसमिति निर्माण गरी काम भइरहेको छ । सन् २०११ मा स्थापित बस्तीपुर जेसीजले पहिलो पटक क्षेत्र सम्मेलन गर्न लागेको हो । सम्मेलनले नेतृत्व, व्यक्तित्व विकास तथा व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने तथा युवाहरुमा सामाजिक उत्तरदायित्वको भावना विकास हुने विश्वास लिइएको छ । सम्मेलनले मकवानपुरलाई चिनाउन सफल हुने तथा पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ । सम्मेलनबाट मकवानपुर घोषणापत्र जारी हुनेछ । सम्मेलनको तयारीको विषयमा रहेर साझाकुराकर्मी श्रीजना नेपालले सम्मेलन निर्देशक गणेश भेटवालसँग गरेको कुराकानीको सम्पादित अंश ः

१. बस्तीपुर जेसीजको आतिथ्यतामा नेपाल जेसीजको क्षेत्र ‘ख’ को सम्मेलन आगामी भदौ ६ र ७ गते हेटौंडामा हुँदैछ । त्यसको तयारी कहाँसम्म पुग्यो ?

तयारी लगभग अन्तिम चरणमा पुगेको छ । हालसम्म करिब ९५ प्रतिशत सम्मेलनको तयारी सम्पन्न भइसकेको छ । हामीले विभिन्न उपसमितिहरु गठन गरेर हेटौंडाको आतिथ्यता असाध्यै राम्रो छ भन्ने सन्देश दिने गरी तयारी अगाडि बढाइरहेका छौं । र, हामीलाई विश्वास छ हामी सम्मेलन सफल पार्ने गरी अगाडि बढिरहेका छौं । हालसम्म शाखाका पदाधिकारी तथा अतिथिहरुलाई स्वागत एवम् सम्मान गर्न हामी तयारी अवस्थामा रहेका छौं ।

२. यहाँहरुले ३२ वटा शाखाको उपस्थिति रहने भन्नु भएको छ । ती शाखा कहाँ कहाँका हुन् र कति जनाको सहभागिता रहन्छ ?

नेपाल जेसीजको क्षेत्र ‘ख’ अन्तर्गत् बागमतीदेखि म्याग्दीसम्म पर्दछ । यिनै  जिल्लाहरुको करिब ६ सय युवाहरुको  सम्मेलनमा सहभागिता रहनेछ । त्यसको अलावा अन्य अतिथिहरुसमेत गरी करिब आठसय जना युवाको उपस्थिति रहनेछ ।

३. सम्मेलन गर्नुको उद्देश्य के हो ?

जेसीज भन्नेबित्तिकै नेतृत्व विकास, व्यक्तित्व विकास र भाइचाराको सम्बन्ध स्थापित गर्नुको साथै व्यवसाय प्रवद्र्वन गर्नु पनि हो । सामाजिक विकासमा केहि नेतृत्व गर्न सकियोस् भन्ने उद्देश्यले नै यो सम्मेलन आयोजना गरिएको हो । अहिले हेटौंडा प्रदेश नम्बर ३ को राजधानीसमेत हो । हामीले हाम्रो नेतृत्व र व्यक्तिको विकास गर्नुका साथै हाम्रो क्षेत्रको विकासमा समेत भूमिका निर्वाह गर्नुपर्छ । त्यसकारणले गर्दा हाम्रो हेटौंडाको प्रचार देशव्यापीरुपमा फैलाउन र सामाजिक अभियानलाई थप बलियो बनाउन सम्मेलन आयोजना गर्न लागेका हौं ।

४. तपाईहरुले सम्मेलनले स्थानीय पर्यटन प्रवद्र्वनको साथै स्थानीय उत्पादनमा पनि प्रवद्र्वन हुन्छ भन्नु भएको छ । केही योजना नै बनाउनु भएको छ कि ?

मकवानपुर जिल्ला आफैंमा पर्यटकीय दृष्टिकोणले भरिपूर्ण जिल्ला हो । सम्मेलनमा सहभागी हुन आउने सबैलाई हामीले साइड सिनमा लैजाने व्यवस्थासमेत मिलाएका छौं । जिल्लाको पर्यटकीय क्षेत्र अवलोकन गराउन हेटौंडा एकेडेमीले दुईवटा बससमेत सहयोग गरेको छ । हामीले सम्मेलनको समयमा जिल्लाको विभिन्न पर्यटकीय गन्तव्यमा जान इच्छा व्यक्त गर्नेहरुलाई सोहीअनुसार सहजीकरण समेत गर्नेछौं । हामीले मकवानपुरको चिनारीको रुपमा रहेको ठेकीलाई समेत मायाको चिनोका रुपमा प्रयोग गर्दैछौं । स्थानीय महिला दिदीबहिनीहरुले उत्पादन गरेका अचार तथा विभिन्न हस्तकलाका सामग्रीहरुलाई निःशुल्करुपमा सम्मेलनमा स्टल राख्न दिने निर्णय गरेका छौं । अहिलेसम्म केहिले स्टल बुकिङ गरिसक्नु भएको छ भने केहिले गर्ने क्रम जारी छ ।

५. सम्मेलन आयोजना गर्न कति खर्च हुने अनुमान गर्नु भएको छ ? त्यो खर्च कहाँबाट जुटाउनु हुन्छ ?

सम्मेलन गर्न करिब ५० लाख खर्च हुने हामीले अनुमान गरेका छौं । त्यो रकम हामीले सम्मेलनमा उपस्थित सबैसँग प्रतिव्यक्ति तीनहजार ६ सय रजिष्ट्रेसन रकम लिन्छांै । त्यहिँबाट करिब ३० लाख उठ्छ । नेपाल जेसीजले पनि हामीलाई एक लाख सहयोग गर्छ भने बाँकी रकम हामी यहिँका सदस्यहरु तथा व्यवसायीहरुबाट उहाँहरुको व्यापार व्यवसाय प्रवद्र्वन हुनेगरी सहयोग रकम लिन्छौं ।

६. देशभरबाट आउने जेसीजकर्मीहरुका लागि व्यवस्थापन कसरी गर्नु हुन्छ ?

सम्मेलन सम्पन्न गर्नका लागि हामीले विभिन्न उपसमितिहरु निर्माण गरेका छौँ । अतिथि सत्कार, मञ्च व्यवस्थापन, खाना व्यवस्थापन, होटल व्यवस्थापन, आर्थिक व्यवस्थापनलगायतका उपसमितिहरु छन् । जसले आ–आफ्नो क्षेत्रबाट आफ्नो भूमिका निर्वाह गरिरहनु भएको छ । जसले गर्दा हरेक काममा सहज भएको छ । यसकारण सम्मेलनमा आउने जेसीजकर्मीहरुका लागि हामीले सकेसम्म सहज होस् भन्ने उद्देश्य राखेका छौँ । जसमा सम्मेलनमा आउने जेसीज साथीहरुलाई सहज होस् भन्नका लागि हामीले अग्रिम रजिष्ट्रेसन गराइरहेका छौँ । सबै सहभागीका लागि एसीसहितको सुविधासम्पन्न होटलको व्यवस्था गरेका छौँ ।

७. यस सम्मेलनले तपाईहरुको शाखालाई के फाइदा पुग्छ ?

कुनै पनि शाखाले सम्मेलन गर्ने मौका पाउनु अवसर र चुनौती दुबै हो । एरिया ‘बी’का ३२ वटा शाखाहरुको जमघट हुन्छ । साथै अन्य क्षेत्रबाट समेत जेसीजकर्मीहरुको सहभागिता हुनेछ । एक–अर्का शाखाहरुसँगको सम्बन्ध थप सुदृढ हुन्छ । त्यसमा आफ्नो शाखाले गरेका राम्रा कुराहरुलाई प्रस्तुत गर्ने अवसरसमेत मिल्छ । यसका साथै सम्मेलनमा शाखाका लागि केही आर्थिक स्रोतसमेत आम्दानी हुनेछ ।

८. यो सम्मेलनले हैटौंडाको बस्तीपुरबाट दिने सन्देश के हो ?

पहिलो कुरा त मकवानपुर जिल्ला औद्योगिक तथा पर्यटकीय क्षेत्र हो । यस जिल्लामा जेसीज युवाहरुको सम्मेलन हुनु भनेको यहाँको पर्यटन क्षेत्रलाई ठूलो टेवा पुग्नु हो । देशका विभिन्न जिल्लाबाट आउने जेसीज अभियान्ताहरुलाई यहाँको पर्यटकीय तथा औद्योगिक क्षेत्रका बारेमा अवगत हुनेछ । साथै हामीले यहाँका केही महत्वपूर्ण पर्यटकीय क्षेत्रका बारेमा स्थलगत अवलोकन गराउने लक्ष्यसमेत लिएका छौँ । जसले गर्दा यहाँको पर्यटन क्षेत्रमा टेवा पुग्नेछ । जसले अझ यहाँको पहिचानलाई देशभरसम्म पु¥याउन मद्दत गर्नेछ । नेपाल जेसीजले विश्वास गरेर बस्तीपुर जेसीजलाई दिएको जिम्मेवारीलाई सहजरुपमा सम्पन्न गर्दै आगामी दिनका लागि समेत बस्तीपुर जेसीजले जुनसुकै राष्ट्रिय कार्यक्रम गर्न सक्छ भन्ने सन्देश दिनेछौँ ।





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


सम्मेलनले पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ - 2019-08-20

गणेश भेटवाल // हेटौंडामा भदौको ६ र ७ गते नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हुँदैछ ।

‘आफूमा भरोसा गर्नूस्, सफलता पाइन्छ’ - 2018-07-18

सुष्मिन श्रेष्ठ / मिस मकवानपुर // केहिदिन अगाडि हेटौडामा सम्पन्न प्रतियोगिताबाट मिस मकवानपुर–२०१८ घोषित हेटौंडाकी सुष्मिन श्रेष्ठसँग श्रीजना नेपालले गरेको कुराकानी ः

आवश्यक सेवा, सुविधा राज्यले दिनुपर्छ - 2017-08-06

नवराज अर्याल (अध्यक्ष)उद्योग संघ मकवानपुर हेटौंडा औद्योगिक क्षेत्रका उद्योग संघ मकवानपुरले उद्योगी व्यवसायीहरुको हितमा के कस्तो काम गर्दै आइरहेको छ ? उद्योग संघ मकवानपुरले चाहिँ विशेष गरी यहाँको उद्योगीहरुको सुरक्षाको लागि काम गर्दै आएको छ ।

‘गुड क्याप्टेन बन्न तानाशाही बन्नैपर्छ’ - 2017-07-30

पुरनबहादुर जोशी (अध्यक्ष)रोटरी क्लब अफ मकवानपुररोटरी क्लव_ मकवानपुरमार्फत् अहिले नानी बिरुवा रोपणको काम भइरहेको छ । यो नानी विरुवा अवधारणाचाहिँ के हो ?

सबैसँग समन्वय गरेर अघि बढ्नेछौं - 2017-07-10

आरती श्रेष्ठ (सभापति)महिला उद्यमी विकास समिति, थाहानगर १) थाहानगरमा महिला उद्यमी विकास समितिले के कस्ता गतिविधिहरु गरिरहेको छ ?

‘जनताको घरजग्गा राज्यले जबर्जस्ती हडप्न मिल्दैन’ - 2017-01-16

उत्तम शर्मा ढकालसंस्थापक अध्यक्षबसोबास संरक्षण मूल समितिपूर्वअध्यक्षः म.उ.वा. संघ यतिखेर सडक दायाँबायाँ २५÷२५ मिटर भत्काउने विषयले मकवानपुर जिल्ला तातेको छ । डिभिजन सडक कार्यालयले सडक बिस्तार गर्न जारी गरेको १५ दिने सूचनाको म्याद आज सकिँदैछ ।

‘जेसीजमा लागेर समाजसेवामा आफूलाई समर्पित गराउन पाएँ’ - 2016-11-08

सुनिल अधिकारी (मूल कार्यक्रम संयोजक)२०१६ बस्तीपुर जेसीज हाँडीखोला, मकवानपुरको सबैभन्दा कान्छो जेसीज भएपनि पछिल्लो समयमा सामाजिक क्षेत्रमा क्रियाशील संस्था हो ।

जेसीजका कार्यक्रममा नौलोपन देख्न सकिन्छ - 2016-09-26

कात्तिक १७ गतेबाट २० गतेसम्म हेटौंडा जेसीजको आयोजनामा सप्ताहव्यापी कार्यक्रम हुँदैछ । हरेक वर्ष झैं यसवर्ष पनि विविध कार्यक्रमसहित जेसीज अभियानमा सक्रिय युवाहरु जिल्लाका विभिन्न स्थानमा पुग्दैछन् ।

प्रतियोगितालाई निरन्तरता दिने सोचमा छौं - 2016-09-26

युवा तथा खेलकुद समन्वय समितिको आयोजनमा कात्तिक २० गतेबाट पाँच दिन हेटौंडा उपमहानगरपालिका–२९ स्थित बस्तीपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी तीब्ररुपमा अगाडि बढिरहेको छ ।


2584299 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top