Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

नाममात्रको गौरब आयोजना


हाम्रो कुरा पटक पढिएको




विकास निर्माणका कार्यमा भइरहेको सुस्तता बजेट कार्यान्वयनमा समस्या नहोस् भनेर संघीय तथा प्रदेश सरकारले कतिपय आयोजनालाई गौरबको योजनाको रुपमा घोषणा गरेका छन् ।

 केही वर्ष अघिदेखि संघीय सरकारले करिब दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरबको आयोजनामा समावेश गरेको भए पनि अहिलेसम्म एउटा पनि यस्ता आयोजना सम्पन्न भएको छैन । विशेष प्राथमिकतासहित घोषणा गरेका गौरवका आयोजनाहरुको निर्माणमा पनि उस्तै विलम्ब भइरहेको छ । गौरबका आयोजना निर्माणमा समेत देखिएको सुस्त गतिका कारण समयमा आयोजना सम्पन्न नहुनेमात्र होइन, आयोजनाको निर्माण लागत पनि बढ्दै गएको छ । ३ नम्बर प्रदेश सरकारले पनि आफ्ना केही महत्वाकांक्षी आयोजनालाई प्रदेश गौरबको आयोजनाको रुपमा घोषणा गरे पनि कार्यान्वयन भने शून्यप्रायः देखिएको छ । प्रदेश ३ सरकारले गत आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको प्रदेश गौरबको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्ग र प्रदेश चक्रपथको कुनै पनि प्रक्रिया अघि बढेको छैन । नेपाल पूर्वाधार विकास कम्पनीले निर्माण अनुमति लिएर निर्माण गर्न नसकेको हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्गलाई प्रदेश सरकारले भीमफेदीदेखि कुलेखानीसम्म सुरुङ बनाएर अन्य क्षेत्रमा भइरहेका सडकलाई स्तरीकरण गरेर सञ्चालनमा ल्याउने गरी पोष्टबहादुर बोगटी सुरुङमार्ग नामाकरण गरी निर्माण गर्ने घोषणा गरे पनि घोषणामा मात्र सिमित देखिएको छ । यस्तै, प्रदेशका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लालाई जोड्नेगरी पुष्पलाल प्रदेश चक्रपथ नामाकरण गरी महत्वाकांक्षी आयोजना पनि नाममात्रको बनेको छ । गतवर्ष नै घोषणा भएको यी दुई आयोजनालाई लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइए पनि न्यून बजेट विनियोजन गरेका कारण आयोजना सुरु हुने विश्वास गर्न सकिँदैन । सम्भाव्यता अध्ययन तथा डीपीआर तयार गर्नसम्म पनि नपुग्ने बजेट विनियोजन गरेर गौरबको योजना भनेर नामाकरण गर्नुको कुनै औचित्य देखिँदैन । ३ नम्बर प्रदेश सरकारले गत वर्ष घोषणा गरेको काठमाडौं उपत्यका काँठ चक्रपथ, कम्तिमा एक सय मेगावाटको जलविद्युत् आयोजना, गौरीशंकर–जुगल–गणेश हिमाल आधारशिविर जोड्ने पदमार्ग, मरिन शहर, भक्तपुर–पाँचखाल सुरुङमार्गजस्ता आयोजनाको प्रगति शून्य छ । प्रदेश सरकारले विभिन्न एकसय ८५ आयोजनाको सम्भाव्यता अध्ययन र डीपीआरका लागि एकमुष्ट करिब १८ करोड रकम विनियोजन गरेको भए पनि धेरै बजेट भएका र ठूला आयोजनाको काम अघि बढ्न सकेको छैन । आयोजना निर्माणमा हुनसक्ने आर्थिक तथा कानूनी अड्चनलाई सहज बनाउन विशेषाधिकार दिइएका गौरबका आयोजनासमेत बिना अवरोध समयमै काम सुरु र सम्पन्न हुन नसक्नु विडम्बना मान्नुपर्छ । कार्यान्वयन गर्न नसकिने खालका महत्वाकांक्षी नाममात्रको आयोजना घोषणा गरेर प्रदेश सरकार प्रभावकारी बन्न सक्दैन । आम नागरिकको चासो र आवश्यकताका उचित आयोजना छनौट गरी सफल कार्यान्वयन गर्नसकेमा प्रदेश सरकार र संघीयताको औचित्य पुष्टि हुनेछ । प्रदेश सरकारले घोषणा गरेको गौरबका आयोजनालाई पर्याप्त बजेट विनियोजन गरेर कार्यान्वयन गर्नेतर्फ गम्भीर बन्नु आवश्यक छ ।





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नाममात्रको गौरब आयोजना - 2019-08-18

विकास निर्माणका कार्यमा भइरहेको सुस्तता बजेट कार्यान्वयनमा समस्या नहोस् भनेर संघीय तथा प्रदेश सरकारले कतिपय आयोजनालाई गौरबको योजनाको रुपमा घोषणा गरेका छन् ।

डेंगु नियन्त्रणमा चासो - 2019-08-16

करिब ३ साताअघिदेखि देखिएको डेंगु संक्रमणले हेटौंडामा महामारीको रुप लिएको छ ।

युवा दिवसको सार्थकता - 2019-08-14

विश्वमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र र समुदायका आ–आफ्नै संस्कृति र रीतिरिवाज छन् ।

तीज गीतमा मौलिकता - 2019-08-13

यस वर्षको तीज आउन करिब ३ साता बाँकी छ । महिलाहरुको विशेÈ चाडको रुपमा तीजलाई लिने गरिन्छ ।

डेंगु नियन्त्रणमा गम्भीर बनौं - 2019-08-12

हेटौंडामा डेंगु संक्रमण निकै बढेपछि नियन्त्रणको प्रयास भइरहेको छ ।

स्थायी राजधानी शंकास्पद - 2019-08-11

प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा नै स्थायी राजधानी हुने लगभग निश्चित भएको भनिए पनि स्थायी राजधानीको विषय झनै पेचिलो बनेको छ ।

स्ट्रिङ अपेरसनमा सक्रियता - 2019-08-08

नेपाल भ्रष्टाचारबाट थिलोथिलो भएको मुलुक हो ।

विषादी नियन्त्रणमा प्रदेशको चासो - 2019-08-07

कृषि उत्पादनमा हुने विषादी प्रयोग न्यूनीकरणका लागि ३ नम्बर प्रदेश सरकारले विभिन्न ५ जिल्लामा विषादी परीक्षण प्रयोगशाला सञ्चालनलमा ल्याएको छ ।

स्वस्थ मासुका लागि बधशाला - 2019-08-06

स्वस्थ मासुका लागि अत्यावश्यक मानिएको एकीकृत बधशाला हेटौंडामा सुरु भएको छ ।


2584303 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top