Sajhakura Dainik - Sajhakura Dainik - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
खेलकुद

क्विक्सकप विद्यालयस्तरीय फुटबल सुरु


खेलकुद पटक पढिएको




हेटौंडा÷ क्विक्स कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता–२०७६ सोमबारबाट हेटौंडामा सुरु भएको छ ।

 जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर)मा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा श्रमिक मावि कर्रा र त्रिभुव मावि हटियाले विजयी सुरुवात गरेका छन् ।कर्राले भुटनदेवी उमाविलाई १–० गोलअन्तरले पराजित गर्दा त्रिभुवन हटियाले त्रिभुवन मावि नवलपुरलाई पनि १–० गोल अन्तरले पराजित गरेको हो । श्रमिकको जितमा एकमात्र निर्णायक गोल ६० औं मिनेटमा प्रितम स्याङ्बोले गरे । खेलको म्यान अफ दी म्याच भुटनदेवीका करण माझी घोषित भए । हटियाको तर्फबाट निर्णायक गोल श्याम लामिछानेले खेलको ५८ औं मिनेटमा गरे । खेलको म्यान अफ दी म्याच हटियाका गोलरक्षक निश्चल भजेल भए । दुवै खेलमा पहिलो हाफ्मा कुनै पनि गोल भएनन् । मैदानको अवस्था खराबहुँदा खेलाडीहरुलाई खेल्न धेरै समस्या परेको थियो । बल गुडिरहेको थिएन भने खेलाडीहरु खाल्डोमा परेर लडिरहेको थियो । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले रेफ्रिलाई बल हस्तान्तरण गर्दै गरेका थिए ।  प्रतियोगिताको उद्घाटन गर्दै मेयर महतले खेलक्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गरिरहेको र आवश्यक भौतिक पूर्वाधार समेत निर्माण गरिरहेको बताए ।  प्रतियोगिताको विजेताले नगद ३० र उपविजेताले नगद १५ हजार रुपैया“सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैया“ प्रदान गरिनेछ । १३ टोली सहभागी प्रतियोगिताको फाइनल खेल भदौ ७ गते हुने आयोजक अध्यक्ष टीकाराम लामाले जानकारी दिए । प्रतियोगिता नकाउट आधारमा सञ्चालन भइरहेको छ ।





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


क्विक्सकप विद्यालयस्तरीय फुटबल सुरु - 2019-08-20

हेटौंडा÷ क्विक्स कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता–२०७६ सोमबारबाट हेटौंडामा सुरु भएको छ ।

हेटौंडामा कुस्तीको बन्द प्रशिक्षण सुरु - 2019-07-29

हेटौंडा÷आगामी मंसिर १५ गतेदेखि २४ गतेसम्म नेपालमा हुने प्रतियोगिताका लागि सार्क राष्ट्रस्तरीय कुस्तीको बन्द प्रशिक्षण हेटौंडामा सुरु भएको छ।

जिल्ला फुटबल संघमा विवाद - 2019-07-15

हेटौंडा÷ मकवानपुर जिल्ला फुटबल संघमा विवाद देखिएको छ ।

सिराहामा हेटौंडा च्याम्पियन - 2019-06-28

हेटौंडा÷एफसी मुण्डियाल हेटौंडा प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगिता–२०७६ च्याम्पियन भएको छ ।

नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु - 2019-06-24

हेटौंडा÷नवौं राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०७६ आइतबारबाट हेटौंडामा सुरु भएको छ ।

नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुदको प्रतियोगिताको तयारी सुरु - 2019-05-01

हेटौंडा÷ मकवानपुर जिल्लाको नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुदको स्थानीय तह छनौट बकैया गाउँपालिकाबाट सुरु हुने भएको छ ।

मकवानपुरलाई एक स्वर्ण, ३ पदक - 2019-04-18

हेटौंडा÷प्रदेश नं ५ मा जारी आठौ राष्ट्रिय खेलकुद अन्तर्गत मकवानपुरका एक जान खेलाडीले प्रदेश ३ का लागिका लागि एक स्वर्ण पदक जितेका छन् । फुलकन्ट्याक्ट करातेका सन्तोष श्रेष्ठले ६५ केजी तौल समूहमा स्वर्ण जितेका हुन ।

हेटौंडाको विजय युथ फिदिम गोल्डकपको सेमिफाइनलमा - 2019-04-11

हेटौंडा÷पाँचथरको फिदिममा जारी तेस्रो संस्करणको आमन्त्रित पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको लट्टीनाथ विजय युथ क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।

हेटौंडा गोल्डकपबाट २२ लाख बचत - 2019-04-10

हेटौंडा÷मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्टिूय फुटबल प्रतियोगिता–२०७५ को हिसाब किताब सार्वजनिक गरिएको छ ।


2584358 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top