Sajhakura Dainik - ‘आफूमा भरोसा गर्नूस्, सफलता पाइन्छ’
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अन्तर्वार्ता

‘आफूमा भरोसा गर्नूस्, सफलता पाइन्छ’


अन्तर्वार्ता 6 पटक पढिएको


‘आफूमा भरोसा गर्नूस्, सफलता पाइन्छ’
सुष्मिन श्रेष्ठ / मिस मकवानपुर // केहिदिन अगाडि हेटौडामा सम्पन्न प्रतियोगिताबाट मिस मकवानपुर–२०१८ घोषित हेटौंडाकी सुष्मिन श्रेष्ठसँग श्रीजना नेपालले गरेको कुराकानी ः


मिस मकवानपुर हुनु भएकोमा बधाई छ । कस्तो अनुभव भईरहेको छ ? मिस मकवानपुर हुनुभएकोमा ?

धन्यवाद । एकदमै गर्व लागेको छ । आफैमा अनि परिवारले आफूमा गर्व गरेको देखेर एकदम खुशी छु । पहिला सुष्मिन श्रेष्ठ मात्र भनेर चिनिन्थे भने अहिले मिस मकवानपुर सुष्मिन श्रेष्ठ भनेर चिनिन्छु । आफ्नो खुशी व्यक्त गर्न सक्दिन । 

मिस मकवानपुर हुनु भयो ? आगामी दिनमा के गर्ने सोच राख्नु भएको छ ? 

भर्खरै एसईई पास गरेँ । यस्तै गर्छु भनेर सोचिसकेको छैन । यहि लाईनमा काम गर्छु । 

विस्तारै मिस नेपालको लागी प्रतिस्पर्धा गर्ने सोच बनाएको छु । 

 मिस मकवानपुरमा प्रतिवपर्धा गर्न कसरी प्रेरित हुनुभयो ? 

मेरो ममीले एकदमै सपोर्ट गर्नुहुन्छ । सानैदेखि घरपरिवारबाट पनि मोडलिङप्रति सकारात्मक धारणाहरु सुन्दै आएको छु । अरुको परिवारमा खासै सपोर्ट गरेको पाईदैन । त्यसैले परिवारको प्रेरणाले गर्दा पनि मैले यो प्रतिष्पर्धामा भाग लिए र जिते पनि  ।

यस्ता इभेन्टहरु भईरहन्छन् , यस्ता ईभेन्टपश्चात तपाईहरु हराउनुहुन्छ । तपाई चाहि आफुलाई यहि क्षेत्रमा टिकाईराख्न के गर्नुहुन्छ ?

म आफूलाई जनताहरुमाझ उभाएर जनताको लागी केहि काम गर्छु । मिस मकवानपुरको नामबाट मलाई सामाजिक कार्य गर्न मन छ । 

जनताको लागी काम गर्छु भन्नुभयो, कस्तो काम गर्नुहुन्छ ? 

सानैदेखि बाटोमा बच्चाहरु बाटोमा हिँडेको, वृद्ववृद्वाहरु बाटोमा सुतिरहेको देख्दा साह्रै 

नरमाइलो लाग्थ्यो । ठूलो भएपछि उनीहरुको लागी केहि गर्छु भन्ने सोचेको थिए । उनीहरुको लागि केही गर्ने सोच बनाएको छु । 

मिस मकवानपुरमा प्रतिष्पर्धा गर्नु अघि के सोच्नु भएको थियो ? जित्छु जस्तो लागेको थियो ? 

हार्छु भनेर त कोहि पनि आएको हुँदैन । जित्छु नै भनेर आको हुन्छन् । सबै प्रतिष्पर्धीले आफुले सक्छु जित्छु भन्नुहुन्थ्यो तर मैले कहिले पनि आफुले जित्छु भनिनँ । समयले मेरो ट्यालेण्टले मलाई जिताईदियो । जसले जितेपनि हुन्छ भन्थे आफूले जिते खुशी छु । 

अरु जो भविष्यमा मिस मकवानपुर बन्न चाहन्छन् , उनीहरुलाई के भन्न चाहानुहुन्छ ? 

यो उमेर भनेको हामीले धेरै सिक्ने र केही गर्ने बेला हो । त्यसैले आफू र आफ्नो क्षमतामा भरोसा गर्नु । यति लामो जिन्दगीमा धेरै छ । यहि क्षेत्रमा गरेर मैले आफूलाई डिजर्भ हुने कुरा पाउन सक्छु भनेर लाग्नुहोस् । आफूमा भरोसा गर्नु सफलता अवश्य पाइन्छ भन्न चाहान्छु ।






कमेन्टसहरु




2584290 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top