Sajhakura Dainik - यसवर्षको पारिजात स्मृति सम्मान मञ्जुललाई प्रदान गरिने
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साहित्य

यसवर्षको पारिजात स्मृति सम्मान मञ्जुललाई प्रदान गरिने


साहित्य 19 पटक पढिएको


हेटौंडा÷यसवर्षको पारिजात स्मृति सम्मान राल्फा आन्दोलनका सदस्य तथा वरिष्ठ साहित्यकार मेघराज शर्मा नेपाल (मञ्जुल) लाई प्रदान गरिने भएको छ।


साहित्य संगम मकवानपुर र हेटौंडामा रहेको आदर्श टोल विकास संस्थाले संयुक्त रुपमा मञ्जुललाई पारिजात स्मृति सम्मान–२०७५ बाट सम्मान गर्ने निर्णय गरेको हो ।  

साहित्यिक आन्दोलन राल्फादेखि हालसम्म नेपाली साहित्यमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गर्ने निर्णय गरेको संगमका अध्यक्ष निमेष निखिलले जानकारी दिए । सम्मान अगामी वैशाख ५ गते साहित्यकार पारिजातको स्मृति दिवसको दिन प्रदान गरिने छ । सम्मानपत्रसहित नगद दश हजार रुपैयाँ रहेको जनाइएको छ। हेटौंडा–१० बसपार्कमा रहेको पारिजातको प्रतिमा स्थलमा साहित्यक कार्यक्रमको आयोजना गरेर सम्मान प्रदानग गर्ने तयारी रहेको निखिलले बताए । विस २००३ सालमा भोजपुरमा जन्मिएका मञ्जुल साहित्यकार तथा गायक हुन् । उनको नेपाली साहित्यको कविता तथा निवन्ध विधामा उल्लेखनिय योगदान छ । राल्फा आन्दोलनबाट नेपालको राजनीतिक, साहित्यिक र सांगीतिक क्षेत्रमा प्रवेश गरेका मञ्जुल पछि गएर साहित्यिक लेखन नै मुख्य क्षेत्र बन्यो ।मञ्जुलको हालसम्म प्रकाशित कृतिमा साहिँली मोरीलाई,  छेकु डोल्मा, सम्झनाका पाइलाहरू, मञ्जुलका नयाँ कविताहरू, जाने होइन दाइआलापोट ?, चोकटी कविता, सिद्धिचरणहरू, मृत्यु कविता, पहाडजस्तो–बाटोजस्तो म रहेका छन् । पारिजात स्मृति सम्मानबाट यसअघि रायन, रामेश, लक्ष्मी मालीलगायतका साहित्यकार सम्मानित भइसकेका छन् ।





कमेन्टसहरु




2584342 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top