Sajhakura Dainik - हेटौंडा एकेडेमीमा गृष्मकालीन कला प्रदर्शनी
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साहित्य

हेटौंडा एकेडेमीमा गृष्मकालीन कला प्रदर्शनी


साहित्य 4 पटक पढिएको


हेर्टौंडा÷हेटौंडा–११ मा रहेको हेटौंडा एकेडेमीले गृष्मकालीन चित्रकला प्रदर्शनी गरेको छ ।

 शुक्रबार विद्यालय प्राङ्गणमा कक्षा–१ देखि १० सम्मका विद्यार्थीहरुले आफूले कोरेको गृष्मकालीन समयको चित्रण गर्ने चित्रहरु प्रदर्शन गरिएको थियो ।  विद्यार्थीलाई बढी सिर्जनशील बनाउनको लागि र नयाँ नयाँ कुरा आविष्कार गर्ने शक्ति प्राप्त होस् भनी चित्रकला प्रदर्शनीको आयोजना गरिएको विद्यालयका चित्रकला शिक्षक सुमनजित भ्लोनले जानकारी दिए । कार्यक्रममा विद्यार्थीले करिब चारसयवटा चित्र प्रदर्शन गरेको भ्लोनले बताए । विद्यालयका प्रधानाध्यापक श्रीबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य अंकिता सुमार्गी, चित्रकला शिक्षक सुमनजित ब्लोन, सिग्देल आर्टका विश्वराज सिग्देल लगायतको आतिथ्यता रहेको थियो ।






कमेन्टसहरु




2584365 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top