Sajhakura Dainik - प्रदेश–३ को मुख्यन्यायधिवक्तामा थपलिया
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साझा सरोकार

प्रदेश–३ को मुख्यन्यायधिवक्तामा थपलिया


साझा सरोकार 2 पटक पढिएको


हेर्टौंडा, १२ साउन÷ प्रदेश नम्बर ३ को मुख्य न्यायधिवक्ताको रुपमा वरिष्ठ अधिवक्ता ओमप्रसाद थपलियाले सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितिमा आइतबार उच्च अदालत पाटनका मुख्य न्यायधिश कुमार चुडालले थपलियालाई सपथ ग्रहण गराएका हुन् ।

प्रदेश सरकारको कानुनी सल्लाहकारको भूमिका रहने मुख्य न्यायधिवक्तामा काठमाडौं–१४ कलंकीका वरिष्ठ अधिवक्ता थपलियालाई नियुक्त गरिएको हो । यसअघिका मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएपछि थपलियालाई नियुक्त गरिएको हो । प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।  

गत बिहीबार मुख्यमन्त्री पौडेलले थपलियालाई मुख्य न्यायधिवक्ताको रुपमा सिफारिस गरेका थिए । २०४४ सालबाट अभिवक्ताको रुपमा कानुनी सेवामा लागेका थपलिया २०४८ सालबाट अधिवक्ता भएका थिए । उनी २०७४ सालमा वरिष्ठ अधिवक्ता बनेका हुन् । उनी तत्कालीन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गरिसकेको अनुभवसमेत छ । 

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, आन्तरिक मामिला तथा कानसन मन्त्री शालिकराम जम्कट्टेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालगायतको सहभागिता रहेको थियो ।





कमेन्टसहरु




2584351 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top