Sajhakura Dainik - स्ट्रिङ अपेरसनमा सक्रियता
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

स्ट्रिङ अपेरसनमा सक्रियता


हाम्रो कुरा 48 पटक पढिएको


नेपाल भ्रष्टाचारबाट थिलोथिलो भएको मुलुक हो ।

 वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर भ्रष्टाचार अन्त्य गर्ने भनेपनि भ्रष्टाचार निवारणमा सरकार निष्प्रभावी बन्दै गइरहेको छ । भ्रष्टाचारको छानविन गर्ने राज्यको प्रमुख निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका बढ्दो उजुरीले मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको देखिन्छ । अख्तियारले भ्रष्टाचारविरुद्ध चलाउने स्ट्रिङ अपरेशनसमेत दोब्बर बनेबाट भ्रष्टाचार बढ्दै गएको तथ्य उजागर हुन्छ । यस्तै, ट्रान्सपरेन्सी इन्टरनेशनलको वर्Èेनि सार्वजनिक हुने प्रतिवेदनले पनि मुलुकको भ्रष्टाचार नघटेको तथ्य उजागर गरिरहेकै छ । अर्कोतिर आम नेपालीले सरकारी कामकाज तथा अन्य क्षेत्रमा भोग्दै आएका असुविधा, ढिलासुस्ती, कमिशन, अनुचित लेनदेनले भ्रष्टाचारको ज्वलन्त तस्वीर देखाइरहेको पाइन्छ । भ्रष्टाचार निवारणको सवालमा संवैधानिक निकायको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका महत्वपूर्ण मान्न सकिन्छ । यसको Ôेत्र पर्याप्त छैन, तर पनि जति ठाउ“मा उपस्थिति देखाएको छ, प्रभावकारी हु“दै गएको छ । पछिल्ला वर्Èहरुमा अख्तियारले सक्रियता देखाउ“दा केही सुधारका संकेत पनि देखिन थालेका छन् । केही वर्षदेखि आफ्ना कार्यालय विस्तार गर्दै गएको अख्तियारको हेटौंडा कार्यालयले पनि भ्रष्टाचारविरुद्ध सक्रियता देखाएको छ । अख्तियारले आर्थिक वर्ष २०७४÷०७५ मा भ्रष्टाचारविरुद्ध ९ वटा स्ट्रिङ अपरेशन चलाएकोमा गत आर्थिक वर्ष २०७५÷०७६ मा २० वटा स्ट्रिङ अपरेशन गरी मुद्दा दर्ता गराएको छ । अख्तियारको हेटौंडा कार्यालयले मंगलबार आयोजना गरेको अन्तरक्रियामा भ्रष्टाचारविरुद्धको उजुरी पनि उल्लेख्य बढेको जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा ६ सय ६० वटा भ्रष्टाचारविरुद्ध कार्यालयमा मुद्दा परेकोमा आर्थिक वर्ष २०७५÷०७६ मा एक हजार एकसय मुद्दा परेको छ । अख्तियारमा परेका मुद्दामध्ये सबैभन्दा बढी ६ सय ५६ वटा स्थानीय तहविरुद्ध रहेको बताइएको छ । अख्तियारमा गत आर्थिक वर्षमा परेका उजुरीमध्ये ७० प्रतिशत फछ्र्यौट भएको र एकसय ३२ वटा उजुरीविरुद्ध विस्तृत अनुसन्धान गरिएको अख्तियार हेटौंडा कार्यालयले जानकारी दिएको छ ।अख्तियारको बढेको सक्रियतासँगै पछिल्लो समय दैनिकजसो विभिन्न कार्यालयबाट घुस लिने कर्मचारी पक्राउ परिरहेको समाचार सार्वजनिक भइरहेका छन् । अख्तियारले बढाउँदै लगेको स्ट्रिङ 

अपरेशनका कारण भ्रष्टाचारी रङ्गेहात पक्राउ पर्ने क्रम पनि बढ्दै गएको छ । ठूला भ्रष्टाचारको सबालमा अख्तियारले जति सक्रियता देखाउनुपर्ने हो त्यति देखाउन नसक्दा भ्रष्टाचार झनै मौलाउँदै गएको हो कि भन्ने आशंका आम नागरिकमा देखिन्छ । राजनीतिक संरक्षण, पद तथा पैसाको आडमा मौलाइरहेका ठूला र गम्भीर प्रकृतिका भ्रष्टाचारविरुद्ध अख्तियारले अझ सक्रियता देखाउने हो भने भ्रष्टाचार न्यूनीकरणमा सकारात्मक प्रभाव पर्ने निश्चित छ । अख्तियार दुरुपयोगको आशंका भएका क्षेत्रमा अख्तियारले बिना उजुरी पनि छानविन गर्ने परिपाटी बढेमा भ्रष्टाचार गर्नेहरु अझ डर मान्ने अवस्था आउन सक्नेतर्फ सम्बद्ध निकाय गम्भीर बन्नुपर्छ ।







कमेन्टसहरु




2584314 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top