Sajhakura Dainik - फिटनेश संघ अध्यक्षमा भेटवाल
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साझा सरोकार

फिटनेश संघ अध्यक्षमा भेटवाल


साझा सरोकार 23 पटक पढिएको


हेटौंडा, २४ साउन÷ मकवानपुर शारीरिक सुगठन तथा फिटनेश संघको १२ औं साधारणसभा तथा पाँचौ अधिवेशनबाट निवार्चित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।


संघका अध्यक्ष शिवकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो। यस्तै कार्यक्रममा शारीरिक सुगठन तथा फिटनेश संघका केन्द्रीय उपाध्यक्ष दिनेशराज भण्डारी,  पुर्व अध्यक्ष श्रीकृष्ण  कर्माचार्य मकवानपुरका संस्थापक अध्यक्ष एवम् केन्द्रीय सदस्य सुनिल अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाबीच फिटनेश क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संघका केन्द्रीय उपाध्यक्ष दिनेशराज भण्डारी र मकवानपुरे फिटनेश व्यवसायी सन्त लामालाई सम्मानित गरिएको थियो । अधिवेशनबाट 

राजेश भेटवालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको वरिष्ठ  उपाध्यक्षमा 

राजु नेपाल, उपाध्यक्षहरु महेश कर्माचार्य, हेमन्त श्रेष्ठ , सचिवमा सुजन श्रेष्ठ , सदस्यहरुमा कन्हैया शाह , शौरभ श्रेष्ठ , सम्राट सिंह , जीवन न्यौपाने , अमृत लामा , अनिल श्रेष्ठ , श्रवण सुसनुवार , नवराज आचार्य ,  राजीव सापकोटा , बिनोद आचार्य  र  रश्मी आचार्य चयन भएका छन् ।





कमेन्टसहरु




2584310 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top