Sajhakura Dainik - बाढीपीडितलाई राहत वितरण
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साझा सरोकार

बाढीपीडितलाई राहत वितरण


साझा सरोकार 3 पटक पढिएको


हेटौंडा÷नेपाल महिला संघ मकवानपुरले ७२ औं स्थापना दिवसको अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिका–५ का बाढीपीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ ।


अविरल वर्षाका कारण गएको बाढीपहिरोले घर भत्केका भीमफेदी गाउँपालिका–५ दमार, बासथला टोलका १० घरपरिवारलाई महिला संघ मकवानपुर र कांग्रेस भीमफेदी गाउँपालिकाले संयुक्त जस्तापाता, चामल, तेल, नुन, चाउचाउ, बिस्कुट, भाँडाकुँडा, लत्ताकपडालगायतका सामाग्री वितरण गरिएको हो । 

महिला संघ मकवानपुर सभापति लक्ष्मी श्रेष्ठको सभाध्यक्षता एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै डिनाले स्थापना दिवसमा बाढीपीडितलाई राहत वितरण गर्नु सराहनीय भएको बताइन् । कांग्रेसले देशैभर विपतमा परेकाहरुलाई सहयोग गरिरहेको उनले बताइन् । 

कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, भीमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठ, नेपाल महिला संघ २ नम्बर क्षेत्रीय अध्यक्ष शान्ता बिक, भीमफेदी गाउँपालिका सहसंयोजक सुमित्रा थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा महिला विभाग प्रमुख अमृता थापा मगर, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेता नारायण थापामगर, जगतसिं वाईबा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, गौतम समाज ३ नम्बर प्रदेशका अध्यक्ष होमनाथ गौतम, महिला संघ नगर अध्यक्ष लक्ष्मी गौतम, नेपाल ट्रेड युनियन मकवानपुरकी उपाध्यक्ष शर्मिला श्रेष्ठ, एकल महिला संयोजक टीका पौडेल, मनहरी गाउँपालिका अध्यक्षका प्रत्यासी शंकर न्यौपाने, महिला नेतृ गोरीमाया लामा, तरुण दल भीमफेदी गाउँपालिका संयोजक मित्रबन्धु सिंजालीलगायतको उपस्थिति रहेको थियो ।





कमेन्टसहरु




2584344 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top