Sajhakura Dainik - वडाध्यक्षद्धारा ६ महिनाको तलब विद्यालयलाई सहयोग
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साझा सरोकार

वडाध्यक्षद्धारा ६ महिनाको तलब विद्यालयलाई सहयोग


साझा सरोकार 4 पटक पढिएको


हेटौंडा÷राक्सिराङ गाउँपालिका– ६ का वडाध्यक्ष सिंगलाल प्रजा (चेपाङ) ले एक विद्यालयलाई आफ्नो तलबको रकम सहयोग गरेका छन् ।


राक्सिराङ गाउँपालिका ६ सिलिंगेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा छात्राबास निर्माणका लागि जग्गा खरिद गर्ने प्रयोजनका लागि बिहीबार उनले १ लाख २० हजार रुपियाँ हस्तान्तरण गरेका हुन् ।विद्यालयमा आयोजित तीज विशेष समारोहमा उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराम प्रजालाई नगद हस्तान्तरण गरेका हुन् । 

यसअघि गाउँपालिकाले उपलब्ध गराएको मोटरसाइकल  सुविधा पनि त्यागेका वडाध्यक्ष सिंगलालले आफ्नो तलब रकम पनि गाउँमा बन्न लागेको छात्राबासका लागि नगद सहयोग गरेको बताए । आफ्नै व्यक्तिगत मोटरसाइकलबाट काम चलाउने भन्दै उनले आफूलाई प्राप्त हुने मोटरसाइकल कुनै प्रहरी चौकी वा स्वास्थ्य संस्थाका लागि उपयुक्त हुने सुझाव त्यतिखेर दिएका थिए ।  ‘मैले पहिलादेखि नै भन्दै आएको छु, हामी जनप्रतिनिधिहरु तलबका लागि आएका होइनौ’, उनले भने–‘तैपनि गाह्रो अप्ठ्यारो पर्ला भनेर सरकारले उपलब्ध गराएको सुविधा लिनुपर्दा मन गह्रौँ हुनेगरको छ ।’ आफूले प्राप्त गर्ने ६ महिनाका तलब एकमुष्ट विद्यालयलाई बुझाउन पाउँदा आनन्द लागेको उनले सुनाए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संविधानसभा सदस्य गोविन्दराम चेपाङले आफ्नो गाउँ आफै बनाउका लागि स्थानीय जनप्रतिनिधिहरु लागिपरेकामा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा जनचेतना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेश चेपाङ, सिमरगाउँ टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर लोप्चन लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा ६ महिनाको तलब दिने वडाध्यक्ष सिंगलाललाई अभिनन्दन गरिएको थियो । तीज बिशेष कार्यक्रम अन्तर्गत स्थानीय ८ वटा टिममा सहभागी बालबालिकाहरुले चेतनामुलक गीत प्रस्तुत गरेका थिए । उनीहरुले बालविवाह बिरुद्ध तीज गीत प्रस्तुत गरेका थिए ।





कमेन्टसहरु




2639743 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top