Sajhakura Dainik - यामाहा मोटरसाईकल किन्दा एक लाख
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साझा सरोकार

यामाहा मोटरसाईकल किन्दा एक लाख


साझा सरोकार 25 पटक पढिएको


यामाहा मोटरसाईकल किन्दा एक लाख
हेटौंडा÷यामाहा मोटरसाईकलको हेटौंडाका लागि आधिकारिक विक्रेता राज मोर्टसबाट मोटरसाईकल खरिद गर्ने हेटौंडाका एक व्यक्तिलाई लक्की ड्र मार्फ एक लाख रुपैयाँको पुरस्कार परेको छ ।

 बिहीबार काठमाडौंमा भएको लक्की ड्र बाट हेटौंडा ७ का वीरेन्द्र समाललाई एक लाख रुपैयाँ पुरस्कार परेको हो । समालले भाद्र १५ गते यामाहाको एफ जेड यस मोटरसाईकल खरिद गरेका थिए । यामाहा मोटरसाईकलको कुनै पनि मोटरसाईकल र स्कुटरको खरिदमा हिन्दु नेपालीहरुको महान चाड विजया दशमी र शुभदीपावलीको अवसरमा हरेक दिन एक जनाले लक्की ड्र मार्फत एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । देशभरका जुनसुकै यामाहाको बिक्री केन्द्रबाट मोटरसाईकल खरिद गर्दा पुरस्कार प्राप्त गर्न सकिने यामाहा मोटरसाईकलको हेटौंडाको विक्रेता राज मोटर्सका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । भाद्र ४ गतेदेखि सुरु भएको लक्की ड्र कार्यक्रम तिहारसम्म चल्ने श्रेष्ठले जानकारी दिए । यामाहाको हरेक मोटरसाईकल तथा स्कुटरको खरिदमा स्क्र्याच कार्डमार्फत ७ हजार देखि १ लाख सम्मको पुरस्कार पनि प्राप्त गर्न सकिने र लक्की ड्र मार्फत हेरेक दिन एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सकिने श्रेष्ठले जानकारी दिए ।






कमेन्टसहरु




2639725 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top